नेपाल दूरसञ्चार प्राधिकरणको आगामी आर्थिक वर्षको बजेट १४ अर्ब ९ करोड

Technology Khabar १ असार २०७७, सोमबार

नेपाल दूरसञ्चार प्राधिकरणको आगामी आर्थिक वर्षको बजेट १४ अर्ब ९ करोड
फाइल फोटो: नेपाल दूरसञ्चार प्राधिकरणको पुरानो कार्यालय भवन

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट बोर्डबाट पारित गरेको छ । प्राधिकरणले आगामी वर्षको लागि १४ अर्ब ९ करोड रुपैयाँको बजेट पारित गरेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सिफारिसको लागि पठाएको छ।

बोर्ड बैठकले आगामी आवमा ग्रामीण दूरसंचार विकास कोष तर्फ करिब ६ अर्ब रुपैयाँको परियोजना राखेको छ भने प्राधिकरण कोषबाट खर्च हुनेगरि करिब ८ अर्ब रुपैयाँ छुट्याईएको छ।

बजेटमा हाल चालु रहेका परियोजनाहरु र कामलाई निरन्तरता दिईएको छ भने आगामी वर्षका लागि केहि नयाँ योजनाहरु समेत संचालन गर्ने तयारी गरेको छ।

बजेटमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम, सूचना प्रविधि प्रयोगशाला, कन्टेन्ट फिल्टराईजेसनलगायत दूरसञ्चार सेवाको गुणस्तरलाई प्राथमिकता दिईएको प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले जानकारी दिए ।

‘बोर्डले १४ अर्ब ९ करोड बराबरको बजेट पास गरिसकेको छ र अब त्यसलाई मन्त्रालयमा पठाउने छ । मन्त्रालयले त्यसमा संसोधन गरेपछि मात्र बजेट पारित हुनेछ । अहिलेको बजेट प्रस्तावित जस्तै हो,’ उनले भने ।

easy care

प्रकाशित: १ असार २०७७, सोमबार