Technology Khabar १९ जेष्ठ २०७७, सोमबार
काठमाडौं ।
के तपाइँ सोच्न सक्नुहुन्छ कि स्मार्टफोनमा राखिने एउटा वालपेपरले सेट गर्नाले तपाइँको फोन क्र्यास हुन सक्छ? तपाईँलाई पक्कै विश्वास लाग्दैन् तर अहिले यस बारेमा निकैे चर्चा भईरहेको छ ।
हालै एउटा वालपेपर भेटिएको छ जसले एन्ड्रोयड फोनलाई क्र्यास गराउनेछ र साथ साथै फोन बूट गर्नमा कठिनाई उत्पन्न गर्दैछ ।
लोकप्रिय ‘लीक्स्टर’ युनिभर्स आइसले ट्विटरमा हालै एक भिडियो जारी गरेर यसको बारेमा जानकारी दिएका छन्, जुन अन्य धेरै प्रयोगकर्ताहरूले पनि आफूले त्यस्तै अनुभव गरेको पुष्टि गरेका छन्।
उनले एक फोटो-भिडियो साझेदारी गर्दै ट्विटरमा लेखेका छन्,- ‘चेतावनी! यो फोटोलाई तपाईंको वालपेपरको रूपमा कहिले पनि सेट नगर्नुहोस्। विशेष गरी सामसङ प्रयोगकर्ताहरू । यसले तपाईको फोनलाई क्र्यास गराउन सक्नेछ। यसलाई कुनै पनि हालतमा नहेर्नुहोस्। यदि कसैले तपाईंलाई यस्तो फोटो पठाउँदछ भने यसलाई बेवास्ता गर्नुहोस्। ‘
उनले आफ्नो परीक्षणको अनुभवमा यो समस्या सामसङको फोनमा भईरहेको बताए । जुन ग्यालेक्सी नोट ८ मा अनुभव गरिएको छ। लीक्स्टरले भने- जब उनले फोटोको वालपेपर फोनमा लगाए यसको रंग परिवर्तन भयो। तर जब त्यो फोटो ट्विटरमा अपलोड गरियो, यसको रंग परिवर्तन भएन ।
WARNING!!!
Never set this picture as wallpaper, especially for Samsung mobile phone users!
It will cause your phone to crash!
Don't try it!
If someone sends you this picture, please ignore it. pic.twitter.com/rVbozJdhkL— ICE UNIVERSE (@UniverseIce) May 31, 2020
यस बाहेक, अर्को एक प्रयोगकर्ताले पनि यस समस्याको बारेमा बताएका छन् । प्रयोगकर्ताले उसले यो वालपेपर लागू गरेपछि नै उसको फोन क्र्याश भएको बताए । प्रयोगकर्ताले भने- ‘यसले फोनलाई क्र्याश गर्दछ, मैले अनुभव गरें । तिमीले कुनै हालतमा कोशिश गर्दैनौ। ‘
तर यो वालपेपरले आईफोनलाई क्र्याश गर्छ वा गर्दैन भनेर अहिलेसम्म जानकारी आएको छैन् । एजेन्सीका साथ
प्रकाशित: १९ जेष्ठ २०७७, सोमबार