फेसबुकले छोटो भिडियो बनाउने ‘कोल्याब’ एप ल्याउँदै, टिकटकसँग प्रतिस्पर्धा गर्ने

Technology Khabar १८ जेष्ठ २०७७, आईतवार

फेसबुकले छोटो भिडियो बनाउने ‘कोल्याब’ एप ल्याउँदै, टिकटकसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं ।

फेसबुकले आफ्नो छोटो भिडियो इन्टरटेनमेन्ट एप कोल्याब लन्च गरेको छ। यस एपका साथ प्रयोगकर्ताहरूले संगीत र छोटो भिडियो क्लिपहरू सिर्जना गर्न सक्दछन्। यो फेसबुक एप हाल बीटा संस्करणको लागि लन्च गरिएको हो।

कम्पनीले यसलाई हाल आईओएस प्लेटफर्ममा ‘इन्भाइट-ओन्ली’ विकल्पको साथमा मात्र उपलब्ध गराईरहेको छ।

यसको विशेषता भनेको यो हो कि तपाईंले एपमा एकै साथ तीन फरक फरक छोटो भिडियो रेकर्ड  गरेर तिनीहरूलाई बनाउनको लागि सम्पादन गर्नसक्नुहुनेछ।

यहाँबाट त्यो भिडियो सिधै फेसबुक, इन्स्टाग्राम जस्ता सोशल मिडियामा पनि साझेदारी गर्न सकिनेछ। यस एप लन्च गरेर सोशल मिडिया जायन्ट फेसबुक टिकटकसँग प्रतिस्पर्धा गर्न चाहन्छ।

फेसबुककाअनुसार एपमा प्रयोगकर्ताले तीन फरक फरक छोटो भिडियोहरू रेकर्ड गर्न सक्नेछन्।

उनीहरूले यी भिडियोहरूलाई पहिले नै अवस्थित फिचरहरु जस्तै: गितार बजाउने, ड्रम बजाउने, गीतहरू गाउँदै पनि रेकर्ड गर्न सक्दछन्।

तीन भिडियोहरू शुट गरिसकेपछि तिनीहरूलाई एकैसाथ सम्पादन गर्न सकिन्छ र एउटै भिडियो बनाउन सकिन्छ। यसबाट फरक गीत पनि सिर्जना गर्न सक्दछ। त्यसपछि यो भिडियोलाई सिधै सोशल प्लाटफर्ममा साझा गर्न सकिन्छ। एजेन्सीका साथ

easy care

प्रकाशित: १८ जेष्ठ २०७७, आईतवार

ताजा समाचार