जापानमा सन् २०२० भित्रै सबै स्कूले विद्यार्थीलाई ल्यापटप उपलब्ध गराउने दबाब

Technology Khabar १२ जेष्ठ २०७७, सोमबार

जापानमा सन् २०२० भित्रै सबै स्कूले विद्यार्थीलाई ल्यापटप उपलब्ध गराउने दबाब
सांकेतिक तस्विर

काठमाडौं ।

जापानी सरकारले यहि वर्षभित्र देशभरका विद्यार्थीहरुलाई ल्यापटप उपलब्ध गराउने तत्कालिक योजना गरेको छ ।

जापानको सरकारले यसको लागि करिब २.७८६ अर्ब अमेरिकी डलर लगानीमा मोबाइल कम्प्यूटिङ्ग डिभाइस खरिद गर्ने र दूर शिक्षा संचालन गर्ने योजना लिएको हो । कोभिड-१९ को महामारीका कारणले गर्दा सरकारले दूर शिक्षाका लागि सबै विद्यार्थीलाई ल्यापटप उपलब्ध गराउने योजना लिएको हो ।

सन् २०१९ मा डिजिटलाइजेसन एजुकेसन प्रोग्रामअन्तरगत जापानको कल्चर, स्पोर्टस, साइन्स एण्ड टेक्नोलोजी मन्त्रालयले विद्यालय संरचना अन्तरगत प्रत्येक प्राथमिक र माध्यमिक विद्यालयहरुका विद्यार्थीलाई सन् २०२४ सम्ममा एक/एकवटा ल्यापटप उपलब्ध गराउने योजना लिएको थियो ।

तर महामारीका कारणले गर्दा देशभर विद्यालयहरुको गतिबिधि ठप्प भएपछि जापानी सरकारलाई सन् २०२० भित्रै यो लक्ष्य पुरा गर्न दबाब भएको हो ।

सन् २०२० भित्रै जापानको विद्यार्थीहरुलाई कम्प्यूटरहरु खरिद गर्ने योजनाका लागि उपलब्ध सो रकम पुरै उपयोग गरिने अनुमान गरिएको छ ।

जसले करिब ७० लाखदेखि ८० लाख मोबाइल कम्प्यूटिङ्ग डिभाइस किन्न सकिने अनुमान गरिएको छ।

जापानको सरकारले किन्ने त्यस्तो डिभाइस विण्डोजमा आधारित मोडलहरु, क्रोमबुकहरु र आईप्याड डिभाइस हुनुपर्नेछ । एजेन्सीका साथ

easy care

प्रकाशित: १२ जेष्ठ २०७७, सोमबार