घरबाटै बिजुलीको बिल तिर्ने अनलाइन सुबिधा, मोबाइल एपबाट समेत बिल तिर्न सकिने

Technology Khabar १२ जेष्ठ २०७७, सोमबार

घरबाटै बिजुलीको बिल तिर्ने अनलाइन सुबिधा, मोबाइल एपबाट समेत बिल तिर्न सकिने

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले अब घरबाटै बिजुलीको बिल तिर्ने अनलाइन सुबिधा उपलब्ध गराएको छ ।

ग्राहकले आफैं मिटर रिड गरी अनलाइनबाटै बिजुलीको बिल तिर्न सक्नेगरि प्राधिकरणले अनलाइन प्लेटफर्मका साथै मोबाइल एप सार्वजनिक गरेको छ।

कोरोनाभाइरस रोगको रोकथाम र नियन्त्रणको उद्देश्यले मुलुकभर लकडाउन भएको अवस्थामा प्राधिकरणका सबै काउण्टरहरु बन्द भएपछि प्राधिकरणले अनलाइन प्रणाली ल्याएको जनाएको छ।

प्राधिकरणको मोबाइल एप डाउनलोड गरी बिजुलीको बिल तिर्न सकिने छ। सो एप एप्पल एप स्टोर र गूगल प्ले स्टोर बाट आफ्नो मोबाइलमा डाउनलोड गर्न सकिनेछ ।

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले मासिक एक लाख रुपैयाँसम्म महशुल हुने ग्राहकले अनलाइनबाटै बिजुलीको बिल तिर्न सक्ने जनाएको छ । यसरी अनलाइनमार्फत बिजुलीको बिल तिर्ने ग्राहकले नियमानुसारको छूट समेत पाउने छन् ।

प्राधिकरणको मासिक एक लाखभन्दा बढी महशुल हुने ग्राहकले भने सम्बन्धित वितरण केन्द्रसँग समन्वय गरेर बैंकिङ प्रणालीमार्फत बिजुलीको बिल भुक्तानी गर्नुपर्ने प्राबधान यसअघि नै लागू गरेको छ।

हाल अनलाइनबाट बिजुलीको बिल रकम तिर्ने सेवा सिमित जिल्लाहरुमा मात्र उपलब्ध रहेको विद्युत प्राधिकरणले जनाएको छ ।

यसरी तिर्नुस् अनलाईनबाट बिजुलीको बिल-

  • बिजुलीको बिल तिर्न प्राधिकरणको अनलाईन वेबसाईट मा जानुहोस् ।
  • दायाँतर्फ प्रयोगकर्ता (User Login) मा रहेको रजिस्टर (Register) बटनमा क्लिक गरी आफ्नो पासवर्डसहितको युजर आईडी तयार पार्नुहोस् ।
  • अब युजर नेममा आफ्नो मोबाइल नम्बर र लगइन गर्दा राखेको पासवर्ड राखेर लग ईन गर्नुहोस् ।
  • त्यहाँ देखाइएको एड कञ्जुमर (Add Consumer) मा गएर आफ्नो ग्राहक विवरण (विद्युत महशुल भुक्तानी गर्ने शाखा, ग्राहक आईडी तथा ग्राहक नम्बर) भर्नुहोस् ।
  • आफ्नो मिटरमा देखिएको अंक यसमा राख्नुहोस् । राखिएको मिटर अंक सहि छ वा छैन् यकिन गर्नुहोस् ।
  • अब तपाईंले त्यहाँ मिटरमा चढेको बिल रकम देख्न सक्नुहुनेछ ।

विभिन्न अनलाइन भुक्तानीका माध्यमबाट उक्त रकम सजिलै भुक्तानी गर्न सक्नुहुनेछ ।

प्राधिकरणकाअनुसार वेबसाइटमा अनलाइनबाट भुक्तानीको लागी भने सिटी एक्सप्रेस, इसेवा, हिमालयन बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक लगायतबाट रकम भुक्तानी गर्न सकिनेछ ।

गूगलको प्ले स्टोरबाट प्राधिकरणको एप डाउनलोड गर्न यहाँ क्लिक  गर्नुहोस् ।

एप्पलको एप स्टोरबाट प्राधिकरणको एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

easy care

प्रकाशित: १२ जेष्ठ २०७७, सोमबार