एप्पलका पुराना आईफोनहरु र आईप्याडहरुका लागि आईओएस १२.४.७ संस्करण जारी

Technology Khabar ९ जेष्ठ २०७७, शुक्रबार

एप्पलका पुराना आईफोनहरु र आईप्याडहरुका लागि आईओएस १२.४.७ संस्करण जारी

काठमाडौं ।

एप्पलले आईओएस १३.५ अपडेट नयाँ कम्प्याटिबल डिभाइसका लागि अपडेट गरिरहेको छ र यसका साथमा कम्पनीले पुराना डिभाइसहरुका लागि आईओएस १२.४.७ भर्सन रिलिज गरेको छ ।

कम्पनीले आईओएस १३ सपोर्ट नगर्ने पुराना एप्पल डिभाइसहरुका लागि आईओएस १२ को नयाँ भर्सन ल्याएको हो ।

यो नयाँ अपडेट आईफोन ५एस, आईफोन ६ र आईफोन ६ प्लस, आईप्याड एयर (पहिलो पुस्ता), आईप्याड मिनी २ र आईप्याड मिनी ३ तथा आईप्याड टच छैटौं पुस्ताका लागि उपलब्ध हुनेछ ।

हाल कम्पनीले जारी गरेको आईओएस १२.४.७ मा नयाँ फिचरहरु भने राखिएको छैन् । यो नयाँ फीचरहरु, कार्यक्षमता अभिवृद्धि गर्नका लागि नभई केबल सेक्यूरिटी समस्याहरु समाधान गर्न ल्याएको हो ।

कम्पनीले अपडेट दिएका डिभाइसहरुमध्ये ७ वर्ष पुराना डिभाइसहरु समेत रहेका छन् ।

यदि तपाईँपनि माथि उल्लेख गरिएका एप्पलका पुराना डिभाइसहरु प्रयोग गर्नुहुन्छ भने यो अपडेट तपाईँको लागि महत्वपूर्ण हुनेछ । त्यसैले डिभाइसको सफ्टवेयर अपडेट सेक्सनमा गएर नयाँ अपडेट डाउनलोड गरेर इन्स्टल गर्न सक्नुहुनेछ ।

easy care

प्रकाशित: ९ जेष्ठ २०७७, शुक्रबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार