ह्वावेद्धारा मलेशियामा आसियान एकेडेमी स्थापना, डिजिटल प्रतिभाहरुलाई शसक्त बनाउने

Technology Khabar ८ जेष्ठ २०७७, बिहीबार

ह्वावेद्धारा मलेशियामा आसियान एकेडेमी स्थापना, डिजिटल प्रतिभाहरुलाई शसक्त बनाउने

काठमाडौं ।

टेक कम्पनी ह्वावे टेक्नोलाेजीजले मलेशियामा आसियान क्षेत्रका डिजिटल ट्यालेन्टहरुलाई तालिम प्रदान गर्न ‘आसियान एकेडेमी’ स्थापना गरेको छ ।

ह्वावे मलेशियाले दिएको जानकारीअनुसार आगामी ५ वर्षमा सो एकेडेमीबाट ५० हजार प्रतिभाहरु निस्कने अपेक्षा गरिएको छ । जो विभिन्न व्यसाय र प्रविधि क्षेत्रमा फैलनेछन् ।

सो एकेडेमीले ३ हजार भन्दा बढि आईसिटी कोर्षहरु उपलब्ध गराएको छ भने डिजिटल ट्यालेन्टहरुलाई निखार्नका लागि १०० तालिमप्राप्त प्रशिक्षकहरु राखिएको छ ।

‘मलेशियामा भएको ह्वावे आसियान एकेडेमी यस्तो प्रकारको एशिया प्याशिफिक क्षेत्रमा नै पहिलो हो जसले डिजिटल अर्थतन्त्रको वृद्धि गर्ने बाटोमा आईसिडी विकासमा महत्वपूर्ण भूमिका निभाउनेछ । यो अन्यबेलामा भन्दा धेरै हो, जसले स्थानिय प्रतिभाहरुलाई सहिरुपमा आईसिटीको ज्ञान पूर्णरुपमा उपलब्ध गराएर प्रस्फुटित र विकास गर्न सहयोग गर्ने सुनिश्चित गर्दछ,’ मलेशियाका कम्युनिकेशन्स एण्ड मल्टिमिडिया मन्त्री वाईबी दातो सैफुद्धिन अब्दुल्लाहले भने ।

एकेडेमीको आईसिटी तालिम कार्यक्रम र कोर्षहरु सरकारी निर्काहरु, उद्योगका व्यवसायीक व्यक्तिहरु, र विश्वविद्यालयका विद्यार्थीहरुका लागि लक्षित गरिएको छ । यसले विविध किसिमका शैक्षिक तरिकाहरुका स्थापना गर्नेछ जसमा दृश्यात्मक आधार र अनलाइन लाइभ ट्रेनिङ्गका साथै वैदेशिक अध्ययन भ्रमणहरु रहेका छन् ।

‘आसियान एकेडेमीद्धारा प्रदान गरिने तालिमहरु र कार्यक्रमहरुले स्थानिय प्रतिभाहरुलाई ससक्त बनाउँदै भविश्यको लागि तयार र सक्रिय बनउने छ जसले देशकै डिजिटल रुपान्तरणको यात्रालाई गति प्रदान गर्नेछ,’ ह्वावे मलेशियाका सिईओ मिसेल युआनले भने ।

easy care

प्रकाशित: ८ जेष्ठ २०७७, बिहीबार

ताजा समाचार