पोको एफ २ प्रो ५जी सार्वजनिक, पप-अप क्यामरा र पावरफुल प्रोसेसरसहित ४,७०० एमएएच ब्याट्री

Technology Khabar ३१ बैशाख २०७७, बुधबार

पोको एफ २ प्रो ५जी सार्वजनिक, पप-अप क्यामरा र पावरफुल प्रोसेसरसहित ४,७०० एमएएच ब्याट्री

काठमाडौं ।

शाओमी अन्तरगतको स्मार्टफोन ब्राण्ड पोकोले आज आफ्नो एफ सीरीजको स्मार्टफोन पोको एफ २ प्रो ५जी लन्च गरेको छ। कम्पनीले एक अनलाइन कार्यक्रम आयोजना गरेर निको लामो समयदेखि बजारमा आउने अपेक्षा गरिएको डिभाइस लन्च गरेको हो ।

यो फोन लिक्विडकूल टेक्नोलोजी २.० को साथ आउँदछ, जसले गेमिङ्गको समयमा डिभाइसलाई चिसो बनाउन मद्दत गर्दछ।

पोको एफ २ प्रो यसअघि आएको पोको एफ १ को अपग्रेड गरिएको संस्करण हो, जुन केही वर्ष अघि सुरू गरिएको थियो, त्यसैले अघिल्लो एफ सीरीज स्मार्टफोन्स जस्तै पोको एफ २ प्रोमा पनि फ्ल्यागशिप प्रोसेसर राखिएको छ।

डिजाइन को मामलामा पोको एफ २ प्रो र रेडमी के३० प्रो बिल्कुल उस्तै रहेका छन् । कम्पनीले रेडमी के ३० प्रो लाई नै पोको एफ २ प्रो को रुपमा केही सामान्य परिवर्तनहरु सहित प्रस्तुत गरेको भन्दा गलत हुँदैन् । फोन पप-अप क्यामराको साथ फूल भ्यू डिस्प्लेसहित आएको छ । यस डिभाइसमा टाइप-सी पोर्ट र तल स्पिकर ग्रिल छ र माथि ३.५ एमएमको हेडफोन ज्याक छ । 5G Smartphone

पोको एफ २ प्रोमा ६.६७ इन्चको फुल-एचडी प्लस डिस्प्ले राखिएको छ जसको रिजोलुशन १०८०×२००० पिक्सेल रहेको छ । यसको डिस्प्ले पप-अप डिजाइनका साथ आउँदछ। यस बाहेक, स्मार्टफोन स्न्यापड्रागन ८६५ ५जी प्रोसेसरमा आधारित छ भने यसमा ६जीबी र ८ जीबी र्याम राखिएको छ । पोको एफ २ प्रो स्मार्टफोन १२८ जीबी र २५६ जीबी स्टोरेज क्षमतामा आउँछ ।

फोनको पछाडि क्वाड क्यामरा सेटअप गोलाकार आकारमा दिइएको छ । पोको एफ २ प्रोमा ६४ मेगापिक्सेलको सोनी आईएमएक्स ६८६ प्राइमरी सेन्सर, ५ मेगापिक्सेलको टेलिफोटो लेन्स, १३ मेगापिक्सेलको अल्ट्रा वाइड-एंगल लेन्स र २ मेगापिक्सलको डेप्थ सेन्सर राखिएको छ । अग्रभागमा सेल्फी र भिडियो कलिंगको लागि २० मेगापिक्सलको सेल्फी शूटर ह्यान्डसेटमा दिइएको छ ।

5G Smartphone

पावर ब्याकअपको लागि फोनमा ४७०० एमएएचको ब्याट्री राखिएको छ। कम्पनीका अनुसार फोन ६३ मिनेटमा पूर्ण चार्ज हुनेछ । फोन ब्याट्री ३०वाट र्याप चार्ज टेक्नोलोजीको साथ आउँदछ ।

यो फोनको बजार मूल्य ६जीबी भेरिएन्टको ४९९ यूरो तोकिएको छ भने ८ जीबी भेरिएन्टको मूल्य ५९९ यूरो तोकिएको छ । यो फोन यूरोपमा मंगलबारदेखि नै उपलब्ध भएको छ।

easy care

प्रकाशित: ३१ बैशाख २०७७, बुधबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार