भारतको सबैभन्दा ठूलो लर्निंग प्लेटफर्म ‘अनएकेडेमी’ ह्याक, २ करोड बढि डाटाहरु बिक्री हुँदै

Technology Khabar २७ बैशाख २०७७, शनिबार

भारतको सबैभन्दा ठूलो लर्निंग प्लेटफर्म ‘अनएकेडेमी’ ह्याक, २ करोड बढि डाटाहरु बिक्री हुँदै

काठमाडौं ।

भारतको सबैभन्दा ठूलो ई-लर्निंग प्लेटफर्म अनएकेडेमी (Unacademy) ह्याक गरिएको छ । अमेरिकामा आधारित सुरक्षा फर्म साइबलका अनुसार ह्याकरहरूले यसका सर्भरहरू ह्याक गरेर २ करोड २० लाख भन्दा बढी विद्यार्थीहरूको जानकारी चोरेका छन् । चोरी भएका यी विवरणहरु हाल डार्क वेबमा अनलाइन बिक्री भइरहेको छ । बिक्री भईरहेका मध्ये विप्रो, इन्फोसिस, कोग्निजान्ट, गुगल र फेसबुकका कर्मचारीहरुको विवरण थियो।

सुरक्षा फर्म साइबलको रिपोर्टकाअनुसार अनएकेडेमी २१,९०९७०७ जनाको डाटा ह्याक गरिएको छ, जसको मूल्य २ हजार अमेरिकी डलर रहेको छ ।

ह्याक डाटामा प्रयोगकर्तानामहरू, ईमेल आईडीहरू, एकाउन्ट स्थिति
रिपोर्टका अनुसार एकेडेमीको वेबसाईटबाट लीक गरिएको डाटामा विद्यार्थीको यूजरनेम, पासवर्ड, अन्तिम लगइन मिति, ईमेल आईडी, पूरा नाम, एकाउन्टको स्थिति र एकाउन्ट प्रोफाइल जस्ता धेरै महत्त्वपूर्ण जानकारी रहेका छन् । 

हाल एकेडेमीको बजार मूल्य ५० करोड डलर रहेको हो।

यससम्बन्धमा अनएकेडेमीका सह-संस्थापक तथा चीफ टेक्निकल अफिसर (सीटीओ) हिमेश सिंहले भने कम्पनीको डाटा अनुसन्धानका अनुसार १ करोड १० लाख विद्यार्थीको केही जानकारीहरु लीक भएकाे स्वीकार गरेका छन् । डाटा लीक भएको सुनिश्चित गर्दै उनले भने, ‘विद्यार्थीको डाटा पूर्णतया सुरक्षित छ। हामी अवस्थालाई राम्ररी हेरिरहेका छौं। हामीडाटालाई एनक्रिप्टेड राख्नको लागि PBKDF2अल्गोरिदमका साथ SHA256 ह्यासको पनि प्रयोग गर्दछौं ।’

यसका साथमा कम्पनीले ओटिपी आधारित लगइन प्रणाली पनि प्रयोग गर्ने गरेको र त्यो प्रयोगकर्ताहरूको सेक्यूरिटीमा अतिरिक्त लेयरको रूपमा काम गर्ने उनले बताए ।

तत्काल पासवर्ड परिवर्तनको सल्लाह
साइबलका अनुसार, हाल ह्याकरहरूले विद्यार्थीहरूको डाटा बिक्रीका लागि मात्रै राखिरहेका छन्, जुन पछि गएर उनीहरूले यूजर्सको सूचना पहुँच गर्न सक्नेछन्। यस्तो अवस्थामा सेक्यूरिटी फर्मले एकेडेमीका प्रयोगकर्ता विद्यार्थी र शिक्षकहरुलाई तुरून्त आफ्नो पासवर्ड परिवर्तन गर्न सल्लाह दिएको छ ।

अनएकेडेमीले भर्खर मात्रै फेसबुक, जनरल अटलान्टिक र सेक्वोयाबाट अमेरिकी डलर ११० मिलियन डलरको फण्ड प्राप्त गरेको थियो । एजेन्सी

easy care

प्रकाशित: २७ बैशाख २०७७, शनिबार