एप्पलले एयरपड्स र म्याकबुक प्रोको नयाँ संस्करण आगामी मे महिनामा लन्च गर्नसक्ने

Technology Khabar ९ बैशाख २०७७, मंगलवार

एप्पलले एयरपड्स र म्याकबुक प्रोको नयाँ संस्करण आगामी मे महिनामा लन्च गर्नसक्ने

काठमाडौं ।

एप्पलले एयरपडको नयाँ भर्सन लन्च गर्ने तयारी गरेको छ । कम्पनीले एयरपडको नयाँ डिजाइन बजारमा ल्याउने रिपोर्टहरु आएका छन् ।

जसअनुसार कम्पनीले आउँदो मे महिनामा एयरपड्स प्रो लाइट र एयरपड्स एक्स जेनेरेशन लन्च गर्नसक्नेछ ।

यसअघि मार्चमा लन्च हुनसक्ने बताईएको यी प्रडक्टहरु अब एप्पलले कोरोनाभाइरसका कारण मे महिनामा लन्च गर्ने बताईएको छ । यसका साथै कम्पनीले म्याकबुक प्रोको नयाँ भर्सन पनि लन्च गर्नसक्नेछ ।

तर यी दुबै प्रडक्टको फीचरहरुको बारेमा भने जानकारी छैन् । एजेन्सी

easy care

प्रकाशित: ९ बैशाख २०७७, मंगलवार

ताजा समाचार