माइक्रोसफ्टले विण्डोज १० मा भएको सेक्यूरिटी जोखिमलाई समाधान गर्यो, नयाँ अपडेट गरिहाल्नुस्

Technology Khabar ४ बैशाख २०७७, बिहीबार

माइक्रोसफ्टले विण्डोज १० मा भएको सेक्यूरिटी जोखिमलाई समाधान गर्यो, नयाँ अपडेट गरिहाल्नुस्
फाइल

काठमाडौं ।

सेक्यूरिटी कमजोरी भेटिएको र त्यसको लागि समाधानको प्रयास गरिरहेको जानकारी दिएको माइक्रोसफ्टले हाल आफ्ना केहि सेक्यूरिटी फ्लोलाई समाधान गरेको छ । कम्पनीले हाल नयाँ अपडेट जारी गर्दै कम्तीमा ४ वटा कमजोरीहरुलाई समाधान गरेको हो ।

कमजोरीहरु मध्ये ३ वटा रिमोट कोड एक्जुकेसन थिए भने एउटाले ह्याकरलाई एडमिनिस्ट्रेशन एक्सेसको अनुमति दिने थियो ।

यसअघि माइक्रोसफ्टको विण्डोज १० मा आक्रमणकारीले नियन्त्रण गरेर कम्प्यूटर नै संचालन गर्नसक्ने जोखिम रहेको जानकारी सार्वजनिक भएको थियो । २ वटा कमजोरीहरुले गर्दा ह्याकरले कम्प्यूटर मशिन नै नियन्त्रणमा लिएर डाटाहरु पढ्नसक्ने, परिवर्तन गर्न वा डिलिट गर्न सक्ने वा छुट्टै एडमिनिस्ट्रिेशन एकाउन्ट बनाउन सक्ने संभावना थियो ।

माइक्रोसफ्टले पनि ह्याकरले त्यस्ता कमजोरीमार्फत साना प्रकृतिका फिसिङ्ग क्याम्पेन गर्नसक्नेमा प्रयोगकर्ताहरुलाई यसअघि नै सचेत गराएको थियो ।

सेक्यूरिटी फ्लो मध्ये ३ वटा गूगल सेक्यूरिटी ग्रुपले पत्ता लगाएका थिए भने चौथोलाई गूगल र अनुसन्धान फर्म क्विहो ३६००ले संयुक्तरुपमा भेटेका थिए ।

अहिले कम्पनीले विण्डोज १० को नयाँ अपडेट जारी गरेको छ भने ग्राहकहरुलाई पनि तत्काल नयाँ भर्सन प्रयोग गर्न अनुरोध गरेको छ। एजेन्सी

easy care

प्रकाशित: ४ बैशाख २०७७, बिहीबार