एप्पल र गूगलले संयुक्तरुपमा कन्ट्याक्ट ट्रेसिङ्ग सिस्टम बनाउँदै, कोभिड-१९ फैलनबाट रोक्ने उद्धेश्य

Technology Khabar २९ चैत्र २०७६, शनिबार

एप्पल र गूगलले संयुक्तरुपमा कन्ट्याक्ट ट्रेसिङ्ग सिस्टम बनाउँदै, कोभिड-१९ फैलनबाट रोक्ने उद्धेश्य

काठमाडौं ।

टेक कम्पनीहरु एप्पल इंक र अल्फाबेट इंकको गूगलले कोरोनाभाइरस फैलनबाट रोक्नका लागि संयुक्तरुपमा कामगर्ने भएका छन् । दुबै कम्पनीहरुले शुक्रबार कोरोनाभाइरस फैलन रोक्नका लागि आवश्यक पर्ने कन्ट्याक्ट ट्रेसिङ्ग टेक्नोलोजी सिर्जना गर्ने र त्यसले यूजर्सलाई कोभिड-१९ ले प्रभावित भए नभएको जानकारी गराउनेछ ।

यसको लागि दुबै कम्पनीका इन्जिनियरहरुको संयुक्त टिमले काम शुरु गरिसकेको छ ।

सिलिकन भ्यालीका दुई टेक कम्पनीहरुको यो निकै दूर्लभ सहकार्य हो जसले विश्वको ९९ प्रतिशत स्मार्टफोनहरुको अपरेटिङ्ग सिस्टमलाई पावर प्रदान गर्दछन् । यो सहकार्यले एप्सको प्रयोगबाट संभावित कोभिड-१९ संक्रमित मानिसहरुलाई पत्ता लगाउने र उनीहरुको परीक्षण गर्ने वा क्वारन्टाइनमा राख्न सहयोग गर्नेछ ।

उनीहरुले तयार पार्ने टूलले जनस्वास्थ्य अधिकारीहरुले सो रोगको फैलावटलाई पछ्याउन सक्नेछन भने उनीहरुले संभावितको परीक्षण गर्न सक्नेछ्न।

यो टिमले पहिलो चरणमा एपआई बनाउने छ जसलाई पब्लिक हेल्थ एजेन्सीहरुको आफ्नो एप्समा एकिकृत गरिनेछ । त्यसैगरि दोस्रो चरणमा भने सिस्टम लेभल कन्ट्याक्ट ट्रेसिङ्ग सिस्टम बनाईने छ जसले आईओएस र एन्ड्रोयड दुबै प्लेटफर्ममा काम गर्नेछ।

सो सिस्टमले तपाईँको डिभाइसमा भएको अन-बोर्ड रेडियोहरुलाई प्रयोग गरेर अज्ञात आईडी पठाउनेछ । जसलाई ब्लूटूथ बिकोनिङ्ग मार्फत पठाईने छ । सर्भरहरुले तपाइृँको बिगत १४ दिनको रोटेटिङ्ग आईडीहरुलाई अन्य डिभाइसहरुसँग रिले गर्नेछ । यदि अर्को डिभाइसको यूजरसँग तपाईँको आईडी म्याच गरेको खण्डमा सिस्टमलाई परीक्षण पोजिटिभ भएको जानकारी दिनेछ र तपाईँलाई त्यसैको आधारमा नोटिफाई गर्नेछ । यो प्रविधिको विकास गर्न कम्पनीहरुले २ साताअगाडि देखि नै काम गरिरहेका छन भने उनीहरुले गूगलको एन्ड्रोयड र एप्पलको आईओएसको प्राविधिक फरकपनालाई समाधान गर्नेछन् ।

तर यो कन्ट्याक्ट ट्रेसिङ्ग सिस्टमले यूजर्सको जीपीएस लोकेसन भने ट्र्याकिङ्ग नगर्ने दुबै कम्पनीले बताएका छन् ।

उनीहरुले यो नयाँ सफ्टवेयर टूल्स आगामी मे महिनाको मध्यसम्ममा लन्च गर्ने योजना राखेका छन् । एजेन्सी

easy care

प्रकाशित: २९ चैत्र २०७६, शनिबार