शाओमीले आफ्नो ८० प्रतिशत आपूर्ति व्यवस्था संचालनमा ल्यायो, नयाँ ५जी स्मार्टफोन लन्च गर्दै

Technology Khabar ९ चैत्र २०७६, आईतवार

शाओमीले आफ्नो ८० प्रतिशत आपूर्ति व्यवस्था संचालनमा ल्यायो, नयाँ ५जी स्मार्टफोन लन्च गर्दै

काठमाडौं ।

चिनियाँ स्मार्टफोन मेकर कम्पनी शाओमीले आफ्नो आपूर्ति व्यवस्था करिब ८० प्रतिशतसम्म संचालनमा आएको जानकारी दिएको छ ।

कम्पनीले चीनमा हाल नियन्त्रणमा रहेको कोरोनाभाइरसको प्रकोपबाट मुक्त हुँदै बिहिबारदेखि आफ्नो कार्य ८० प्रतिशत संचालन भएको कम्पनीका अध्यक्षले बताए ।

कम्पनीका अध्यक्ष वाङ्ग झियाङ्गले अझै आफू यूरोपेली बजारमा आशावादी भएको बताएका छन् । जबकी यूरोपमा अहिले कोरोना भाइरसको महामारी झैँ देखिएको छ ।

शाओमीले गएको फरवरी महिना निकै कठिन भएको र आफ्ना सबै कार्यालयहरु तथा संचालनहरुलाई पुन शुरु गर्न संघर्ष गरेको उल्लेख गरेको छ ।

तर यहि बिहिबारदेखि भने शाओमीले चीन भर रहेका आफ्ना १ हजार भन्दा बढि स्टोरहरु संचालनमा आएको वाङ्गले बताए ।

कम्पनीले आफ्नो नयाँ फ्ल्यागशिप ५जी स्मार्टफोन रेडमी के३० प्रो लन्च गर्ने तयारीमा रहेको छ र यो मार्च २४ मा भच्र्यूअल प्रेस कन्फ्रेन्समार्फत हुनेछ । एजेन्सी

easy care

प्रकाशित: ९ चैत्र २०७६, आईतवार

ताजा समाचार