मोबाइल फोनको बिक्रेता डिक्सन्स कारफोनले करिब ३ हजार कर्मचारी कटौती गर्ने

Technology Khabar ६ चैत्र २०७६, बिहीबार

मोबाइल फोनको बिक्रेता डिक्सन्स कारफोनले करिब ३ हजार कर्मचारी कटौती गर्ने

काठमाडौं ।

काठमाडौं । बेलायतको मोबाइल फोन विक्रेता, डिक्सन्स कारफोनले ‘उपभोक्ताको व्यवहार’लाई जिम्मेवार देखाउँदै आफूले सञ्चालनमा ल्याएका मोबाइल फोनको खुद्रा बिक्री पसलहरु बन्द गर्ने बताएको छ । कम्पनीले यसका कारण करिब दुई हजार ९०० रोजगारीका अवसर कटौती हुने बताएको छ ।

कम्पनीले आफ्नो कारोबार प्रभावित हुनुमा ग्राहकको समय अनुसारको छनौट भएको र कोरोना भाइरसको प्रभावले आगामी दिनमा बिक्री अझ कम हुने अपेक्षाा गरिएको उल्लेख गरेको छ ।

सन् २०१४ मा विद्युतीय सामानको खुद्रा विक्रेता डिक्सन्स र मोबाइल टेलिकम समूह कारफोन वेयरहाउसलाई मिलाएर डिक्सन्स कारफोन कम्पनी बनाएको थियो । कम्पनीले अप्रिल ३ पछि सबै ५३१ मोबाइल स्टोरहरूलाई बन्द गर्ने बताएको छ ।

यो समूहले आगामी दिनमा मोबाइल फोनको अनलाईन वितरक ३०५ करीज पीसी वर्ल्ड शाखाहरू तथा अनलाइनबाट मोबाइल फोन तथा अन्य उत्पादनहरूलाई विक्री गर्ने बताएको छ । मोबाइल फोन शाखामा रहेको घाटा व्यवस्थापन गर्न र कम्पनीलाई लाभ हुनेगरी नयाँ निर्णय लिन लागेको बताएको छ ।

समूहले यस वर्ष नौ करोड पाउण्डस्टर्लिङ (करिब १० करोड ९० लाख अमेरिकी डलर बराबर) को क्षति व्यहोर्ने अनुमानपछि उक्त कदम चालेको बताइएको छ ।

ग्राहकहरूले मोबाइल उपकरण र कनेक्टिभिटी किन्ने तरिका परिवर्तन गर्दैछन् । उनीहरूले मोबाइल सेटहरू प्रायः प्रतिस्थापन गरेपछि अर्को किन्ने क्रममा पछिल्लो समय अनलाइन सेवाबाट लिने क्रम बढेपछि कम्पनीले पसलहरूलाई राख्नु घाटाको व्यापार गर्नुजस्तो भएकोले कम्पनीले पछिल्लो निर्णय लिएको हो ।

यसबाट प्रत्यक्ष करिब तीन हजार व्यक्तिले रोजगारी गुमाउनेछन् भने अन्य एक हजार ८०० कर्मचारीलाई पनि निर्णयले प्रभावित तुल्याउने बताइएको छ ।

easy care

प्रकाशित: ६ चैत्र २०७६, बिहीबार