रियलमीको नयाँ स्मार्टफोन रियलमी ६आई लन्च, ५००० एमएएच ब्याट्रीसँगै ४८ मेगापिक्सेल क्यामरा

Technology Khabar ५ चैत्र २०७६, बुधबार

रियलमीको नयाँ स्मार्टफोन रियलमी ६आई लन्च, ५००० एमएएच ब्याट्रीसँगै ४८ मेगापिक्सेल क्यामरा

काठमाडौं ।

रियलमीले आफ्नो नयाँ स्मार्टफोन रियलमी ६आईलाई म्यानमारमा लन्च गरेको छ । यो फोन रियलमी ५आईको अपग्रेडेड भर्जन हो ।

यस स्मार्टफोनमा हेलियो जी८० प्रोसेसरको प्रयोग भएको छ । कम्पनीको दाबी अनुसार यस प्रोसेसर प्रयोग भएको रियलमी ६आई पहिलो फोन हो ।

यस फोनको रियरमा क्वाड क्यामरा सेटअप रहेको छ । यसलाई कम्पनीले दुई र्याम र स्टोरेज भेरियन्टमा लन्च गरेको छ । ग्राहकहरुले यसलाई ह्वाइट मिल्क र ग्रीन टि गरि दुई कलर अप्शनमा किन्न सक्ने छन्।

रियलमीको ६आई ३जीबी प्लस ६४जीबी भेरियन्टको मुल्य म्यानमारमा २,४९,९०० म्यानमारी रुपैयाँ राखिएको छ । र यसको टपएन्ड ४जीबी प्लस १२८जीबी भेरियन्टको मुल्य २,९९,९०० म्यानमारी रुपैयाँ तोकिएको छ ।

रियलमीकाअनुसार म्यानमारमा यस स्मार्टफोन १८ मार्चदेखि लिएर २६ मार्च सम्म प्रि अर्डर को लागी उपलब्ध रहने छ । हाल विश्वका अन्य बजारहरुमा यसको उपलब्धताको बारेमा कुनै जानकारी आएको छैन ।

डुअल सिम सर्पोट गर्ने यस स्मार्टफोन एन्ड्रोएड १० बेस्ड रियलमी यूआई मा चल्दछन र यसमा ६.५ इन्चको फुल एचडि (७२०×१६००) डिस्प्ले रहेको छ । यस स्मार्टफोन मा मेल जी५२ जीपुयु र ४जीबी सम्म र्याम मिडियाटेक हेलियो जी८० प्रोसेसर रहेको छ ।

फोटोग्राफीको लागी यस फोनको रियरमा क्वाड क्यामरा सेटअप रहेको छ । यसको प्राइमरी क्यामरा सेटअप ४८ मेगापिक्सेलको रहेको छ । यस बाहेक यसमा ८ मेगापिक्सलको अल्ट्रा वाइड एंगल क्यामरा, एक पोट्रेट क्यामरा र एक माईक्रो क्यामरा पनि रहेको छ । सेल्फिको लागी यस फोनमा १६ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ ।

यस फोनमा ५,०००एमएएचको ब्याट्री रहेका छ र यो १८ वाटको फास्ट चार्जिंग सर्पोट सहित आउने छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: ५ चैत्र २०७६, बुधबार

ताजा समाचार