भारतमा मोबाइलमा जीएसटी वृद्धि विवाद, शाओमीले भन्यो- जिएसटी बढ्दा इन्डस्ट्रि समस्यामा

Technology Khabar ५ चैत्र २०७६, बुधबार

भारतमा मोबाइलमा जीएसटी वृद्धि विवाद, शाओमीले भन्यो- जिएसटी बढ्दा इन्डस्ट्रि समस्यामा

काठमाडौं ।

भारतमा हाल टेलिकम इन्डस्ट्रीपछि मोबाइल इन्डस्ट्रीको खराब समय सुरु भएको देखिन्छ । भारतको नम्बर एक स्मार्टफोन मेकर चिनियाँ कम्पनीले भारत सरकाले जीएसटी बढाउने गरेको निर्णयमा चिन्ता व्यक्त गर्दै जीएसटी बढ्दा मोबाइल इन्डस्ट्रीको हालत निकै खराव हुने जनाएको छ ।

केहि दिनअघि मात्रै भारत सरकारले मोबाइल फोनहरुमा जीएसटी बढाउने निर्णय गरेको थियो। भारतमा पहिले १२ प्रतिशत रहेको जीएसटी हाल १८ प्रतिशतमा पुर्याइएको छ ।

सोही विषयमा शाओमी इन्डियाका हेड र ग्लोबल भाइस प्रेसिडेन्टले यस कुरामा चिन्ता व्यक्त गर्दै यसबाट भारतीय मोबाइल इन्डस्ट्री टुक्रा टुक्रा हुने बताएका हुन ।

शाओमी भारतीय बजारमा नम्वर एक स्मार्टफोन कम्पनी हो र शाओमी इन्डियाका हेड मनु कुमार जैनले यसबाट मोबाइल इन्डस्ट्री टुक्रा टुक्रा हुने बताएका हुन । उनले आफ्नो ट्विटर ह्यान्डलमार्फत यस्तो चिन्ता व्यक्त गरेका हुन । उनले जीएसटीको बढोत्तरीले मोबाइल इन्डस्ट्रीको लागी मेक इन इन्डिया प्रोगाम कमजोर हुने पनि उल्लेख गरेका छन ।

उनले आफ्नो ट्विटमा फाईदाको लागी मोबाइल इन्डस्ट्रीले पहिले देखि नै दबाबमा काम गरिरहेको र यसैको कारणले आउँदा दिनमा मोबाइल इन्डस्ट्रीको मेक इन इन्डिया प्रोग्राम पनि कमजोर हुने बताएका हुन ।

त्यस्तै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अर्थमन्त्री सितारमणसँग जीएसटी वृद्धिमा विचार गर्न आग्रह गर्दै १५ हजार भारु का स्मार्टफोनहरुलाई यस जीएसटी वृद्धिबाट अलग राख्न पनि आग्रह गरेका छन ।

भारतमा शाओमी बाहेक भीभोका इन्डिया डाइरेक्टर ब्रान्ड स्ट्रयाटेजी निपुण मरयाले आफुहरुले यस नयाँ ट्याक्स स्ट्रक्चरको प्रभावलाई मूल्यांकन गरिरहेको र आउँदो केहि हप्तामा यसबारेमा एक निर्णय लिने बताएका छन् ।

भारतमा मोबाइल कम्पनीहरु बाहेक इन्डस्ट्री विज्ञहरुले पनि मोबाइल फोनमा जीएसटी बढ्नाले स्मार्टफोन मार्केटमा असर पर्ने र यसैकारण मोबाइल फोनको मुल्यमा तिव्र वृद्धि हुने धारणा राखेका छन ।

विज्ञहरुका अनुसार कोरोनाभाइरसको कारणले चीनमा फ्याक्ट्री सटडाउन हुनु, भारु कमजोर हुनु र जीएसटी बढ्नाले भारतको मोबाइल इन्डस्ट्रीमा निकै खराव असर पर्न सक्ने छ । एजेन्सी

easy care

प्रकाशित: ५ चैत्र २०७६, बुधबार

ताजा समाचार