नोकिया टिए–१२१२ एक्सप्रेस म्युजिक सर्टिफिकेशन साइटमा लिस्ट, चाँडै नै लन्च हुनसक्ने

Technology Khabar ३ चैत्र २०७६, सोमबार

नोकिया टिए–१२१२ एक्सप्रेस म्युजिक सर्टिफिकेशन साइटमा लिस्ट, चाँडै नै लन्च हुनसक्ने

काठमाडौं ।

नोकियाले १९ मार्चमा आयोजना गर्ने इभेन्टमा नोकिया ८.२ ५जी, नोकिया १.३ र नोकिया सी२ लाई लन्च गर्न सक्ने अनुमान गरिँदै आएकोछ । त्यस्तै केहि दिन अघि नोकियाको अपकमिंग फिचर फोनलाई मोडल नम्वर टिए–१२१२सँगै चाईनिज साइट टेना रेगुलेटरी वेबसाइटमा स्पट गरिएको थियो ।

कम्पनीको यस फोन नोकिया एक्सप्रेस म्युजिक हुन सक्ने अनुमान गरिएको छ । त्यस्तै अब यस डिभाइसलाई मोडल नम्वर टिए–१२१२ सँगै ३सी सर्टिफिकेशन साइटमा पनि देखिएको छ ।

सर्टिफिकेशन साइटमा फोनको केहि स्पेसिफिकेशन्सको जानकारी रहेको छ । ३सी सर्टिफिकेशनबाट अगाडि आएको जानकारी अनुसार नोकिया एक्सप्रेस म्यजिक (टिए–१२१२) मा स्ट्यान्डर्ड चार्जिंग (५भिडिसी, ५५० एमएएच) को ब्याट्री हुने छ । यसबाहेक ३सी सर्टिफिकेशनको अनुसार नोकिया एक्सप्रेस म्युजिक एक जीएसएम मोबाइल हुने छ र यसमा ४जी सर्पोट रहने छैन ।

टेना लिस्टिंगअनुसार यस फोनको साइज १२३.८×१३.१ र तौल ८८ ग्राम हुने छ । त्यस्तै फोनमा २.४ इन्चको डिस्प्ले हुनेछ जसमा २४०×३२० पिक्सेल रेज्योलुशन रहने छ । साथै नोकिया एक्सप्रेस म्युजिकमा पावर ब्याकअपको लागी १,२००एमएएचको ब्याट्री हुने छ र यसमा स्ट्यान्डर्ड चार्जिंग सर्पोट रहने छ ।

यसबाहेक फोनमा ०.३ मेगापिक्सलको क्यामरा हुने छ । हाल यस फोनको अन्य स्पेसिफिकेशनहरु सार्वजनिक भएका छैनन । यसको लागी अझ केहि समय पर्खनुपर्ने देखिन्छ । एजेन्सी

easy care

प्रकाशित: ३ चैत्र २०७६, सोमबार

ताजा समाचार