अमेरिकामा पुरै ६० दिनको लागी वाईफाई फ्रि, देशभर हटस्पट र हटाईयो डाटा लिमिट क्याप

Technology Khabar ३ चैत्र २०७६, सोमबार

अमेरिकामा पुरै ६० दिनको लागी वाईफाई फ्रि, देशभर हटस्पट र हटाईयो डाटा लिमिट क्याप

काठमाडौं ।

अमेरिकी इन्टरनेट सर्भिस प्रोभाइडर कमकास्टलेले ६० दिनको लागी पुरा अमेरिकाभर फ्रि वाईफाई दिने घोषणा गरेको छ । कम्पनीले यो कदम अमेरिकामा कोरोनाभाइरसको प्रकोप चलिरहेको बेला उठाएको हो । जसबाट मानिसहरु आफ्ना आफन्तसँग जोडिरहन सक्ने छन । कमकास्टको अनुसार फ्रि वाईफाईलाई पुरा देशभर वाईफाई हटस्पटको माध्यमबाट उपलब्ध गराइने छ ।

यसमा सबैभन्दा पहिलो हटस्पटमा ‘एक्सफिनिटीवाईफाई’ सेलेक्ट गर्नुपर्ने छ । जसबाट हाल रहेको हटस्पटमा नेटवर्कको नाम आउने छ । यसपश्चात ब्राउजर लन्च हुने छ । एक्सफिनिटी इन्टरनेट मा ग्राहकले आफ्नो यूजरनेम र पासवर्ड हाल्ने बित्तिकै अटोमेटिकल्ली एक्सफिनिटी हटस्पटसँग कनेक्ट हुने छ ।

वाईफाई म्यापले पब्लिक र प्राइभेट दुबै हटस्पटलाई देखाउने छ । कमकास्टले वाशिंगटनमा नन कस्टमर को लागी लगभग ६५,००० पब्लिक वाईफाई हटस्पट लगाएको छ ।

कम्पनीले हालको लागी डाटा प्लानमा कुनै लिमिट नरहेको घोषणा गरेको छ । कमकास्टले आफ्नो बक्तव्यमा कोरोनाभाइरसको कारणले घरबाट नै काम र पढाई गरिरहेका आफ्नो कस्टमरलाई कम्पनीले फ्रि मा डाटा दिन चाहेको र यसबाट उनिहरुले बिनाकुनै झन्झट डाटा प्लान प्रयोग गर्न सक्ने उल्लेख गरेको छ ।

इन्टरनेट प्रयोग को कुरामा आफ्ना धेरैजसो ग्राहक एक महिनामा १टिबी डाटा सम्म पुग्न नसक्ने र यि सबै कुरालाई ध्यानमा राख्दै कम्पनीले ६० दिनको लागी बिना कुनै चार्ज अनलिमिटेड डाटा उपलब्ध गराउने कुरा कम्पनीले आफ्नो बक्तव्यमा बताएको छ ।

यसबाहेक अमेरिकाका मोबाइल अपरेटरहरुले पनि ग्राहकहरुलाई ६० दिनको रकम तिर्ने सहुलियत दिएका छन् । उनीहरुले ग्राहकहरुलाई सहज होस भनेर डाटा लिमिट क्याप पनि हटाएका छन् । एजेन्सी

easy care

प्रकाशित: ३ चैत्र २०७६, सोमबार