एप्पलको वार्षिक डेभलपर्स कन्फ्रेन्स स्थगित गर्ने घोषणा, अनलाइनमा आधारित गरिने

Technology Khabar १ चैत्र २०७६, शनिबार

एप्पलको वार्षिक डेभलपर्स कन्फ्रेन्स स्थगित गर्ने घोषणा, अनलाइनमा आधारित गरिने

काठमाडौं ।

एप्पल इंकले आफ्नो वार्षिक डेभलपर्स कन्फ्रेन्स स्थगित गर्ने घोषणा गरेको छ । प्रत्येक वर्ष सान जोसे क्यालिफोर्नियामा आयोजना हुने डेभलपर्स कन्फ्रेन्स अब जून महिनामा अनलाइनमा आयोजना हुनेछ ।

कोरोनाभाइरसको संक्रमण अमेरिकामा बढेसँगै टेक कम्पनी एप्पलले सो निर्णय गरेको हो । यसअघि गूगल, फेसबुक, माइक्रोसफ्टलगायतले समेत आफ्ना कार्यक्रमहरु रद्ध गरेका थिए ।

एप्पलको एनुअल कन्फ्रेन्समा करिब ५ हजार सहभागीहरु विभिन्न देशहरुबाट हुने गर्दछन् । कम्पनीले सो कन्फ्रेन्स स्थगित गरेसँगै सान जोसे अर्गनाइजेसनलाई १० लाख डलर सहयोग दिने घोषणा गरेको छ भने कार्यक्रम पूर्णरुपमा अनलाइनमा गर्ने भएको छ ।

easy care

प्रकाशित: १ चैत्र २०७६, शनिबार