भीभोको नयाँ ५जी स्मार्टफोन भीभो नेक्स ३ एस ५जी स्मार्टफोन लन्च, यस्ता छन् फिचरहरु

Technology Khabar २९ फाल्गुन २०७६, बिहीबार

भीभोको नयाँ ५जी स्मार्टफोन भीभो नेक्स ३ एस ५जी स्मार्टफोन लन्च, यस्ता छन् फिचरहरु

काठमाडौं ।

भीभोले आफ्नो नयाँ स्मार्टफोन भीभो नेक्स ३ए ५जी लन्च गरेको छ । यो स्मार्टफोन गत वर्ष लन्च भएको भिभो नेक्स ३ को अपग्रेटेड भर्जन हो । कम्पनीको नयाँ स्मार्टफोनमा पुरानो नेक्स स्मार्टफोनको अपग्रेड डिजाइन देखिएको छ ।

यस बाहेक यस स्मार्टफोनमा स्न्यापड्रयागन ८६५ प्रोसेसर, एलपिडिडिआर५ र्याम, यूएफएस ३.१ स्टोरेज, डुअल ५जी सर्पोट आदि फिचरहरु रहेको छ । भीभो नेक्स ३एस स्मार्टफोनमा वाटरफ एमोलेड डिस्प्ले, कर्व्ड एज रहेको छ । यसमा ह्याप्टिक कन्ट्रोल भोल्युम र पावर बटन रहेको छ ।

यस प्रिमियम स्मार्टफोनको मुल्यको कुरा गर्दा यस स्मार्टफोनको ८ जीबी र्याम भेरियन्टलाई कम्पनीले ४,९९८ चिनियाँ युआन तोकेको छ । त्यस्तै फोनको १२ जीबी र्याम र २५६ जीबी स्टोरेज रहेको भेरियन्टको मुल्य ५,२९८ चिनियाँ युआन तोकिएको छ । यो स्मार्टफोन तीन कलरहरु स्काई ब्लु, ब्ल्याक र ओरेन्ज कलरमा रहेको छ । चीनमा यस फोनको सेल १४ मार्चदेखि सुरु हुने छ । कम्पनीले फोनलाई अन्य देशहरुमा कहिले लन्च गर्ने छ भन्ने कुराको भने कुनै जानकारी दिएको छैन ।

डुअल सिम सर्पोट गर्ने भीभो नेक्स ३एस स्मार्टफोन एन्ड्रोएड १० मा आधारित फनटच ओएस १० मा रन गर्दछ । फोनमा ६.८९ इन्चको एचडिआर १० प्लस फुल एचडि प्लस एमोलेड वाटरफल डिस्प्ले रहेको छ । यसमा ९९.६ प्रतिशत स्क्रिन टू बडी रेशियो रहेको छ ।

कम्पनीको यस स्मार्टफोनमा अक्टा कोर क्वालकम स्न्यापड्रयागन ८६५ प्रोसेसर रहेको छ, जुन १२ जीबी एलपिडिडिआर५ र्यामसँगै रहेको छ । यस स्मार्टफोनमा पपअप सेल्फि क्यामरा रहेको छ । फोनको ब्याकमा ट्रिपल रियर क्यामरा सेटअप रहेको छ ।

फोनमा ६४ मेगापिक्सलको मुख्य क्यामरा रहेको छ । यसबाहेक १३ मेगापिक्सलको वाइड एंंगल क्यामरा र १३ मेगापिक्सलको टेलीफोटो लेन्स क्यामरा रहेको छ । सेल्फिको लागी फोनमा १६ मेगापिक्सलको पप-अप सेल्फि क्यामरा रहेको छ ।

फोनमा ४५०० एमएएचको ब्याट्री रहेका छ जुन ४४ वाटको अल्ट्रा फ्ल्यास चार्ज टेक्नोलोजीको सर्पोटसँगै रहेको छ । फोनमा इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर रहेको छ । एजेन्सी

easy care

प्रकाशित: २९ फाल्गुन २०७६, बिहीबार