खल्ती र भोजबीच रणनीतिक साझेदारी, अनलाइनबाट खाना अर्डरको पैसा मोबाईलबाटै तिर्न सकिने

Technology Khabar २८ फाल्गुन २०७६, बुधबार

खल्ती र भोजबीच रणनीतिक साझेदारी, अनलाइनबाट खाना अर्डरको पैसा मोबाईलबाटै तिर्न सकिने

काठमाडौं ।

मोबाईल भुक्तानी सेवा प्रदायक खल्ती र अनलाईनबाट रेस्टुरेन्टहरुमा पाइने खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनी भोजले रणनीतिक साझेदारीको घोषणा गरेका छन् । यस साझेदारी पश्चात भोजमार्फत अनलाईन अर्डर गरेको खानाको पैसा खल्ती मार्फत मोबाईलबाटै तिर्न सकिने भएको छ ।

खल्तीका मर्चेन्ट एक्विजिशन हेड सचिन उदास र भोजका सहसंस्थापक निकेत अग्रवालले यहि फागुन २८ गते बुधबार एक सम्झौता पत्रमा हस्ताक्षर गरेर उक्त साझेदारीको सुरुवात गरेका हुन् । सो सम्झौता समारोहमा खल्तीका सिनियर बिजनेस डेभलपमेन्ट अफिसर जोनाम भुर्तेल र भोजका बिजनेस डेभलपमेन्ट एक्जिक्युटिभ सन्तोष सिंह ठाकुरको समेत उपस्थिति रहेको थियो ।

यस साझेदारीको फल स्वरुप भोजका ग्राहकहरुले काठमाडौं, ललितपुर र भक्तपुरका ३०० भन्दा बढी रेस्टुरेन्टबाट आफूले चाहेको खाना अर्डर गर्न र खल्ती एप प्रयोग गरेर मोबाईलबाटै भुक्तानी गर्न सक्नेछन् ।

साझेदारीको घोषणा गर्दै खल्तीका मर्चेन्ट एक्विजिशन हेड सचिन उदासले भने, “यस साझेदारीसँगै अनलाईनबाट खाना अर्डर गर्न रुचाउने ग्राहकहरुले अब खल्ती वालेट प्रयोग गरेर बिना झन्झट मोबाईलबाटै सजिलै पैसा तिर्न सक्नुहुनेछ । भोजसँगको यो साझेदारीले खल्ती प्रयोगकर्ताहरुलाई एउटा थप नयाँ सेवाको भुक्तानी गर्न सहजता प्रदान गरेको छ ।”

त्यस्तै, भोजका सहसंस्थापक निकेत अग्रवालले भने, “हामी खल्तीसँग साझेदारी गरी यसले प्रदान गर्ने डिजिटल भुक्तानी सुविधा हाम्रा सबै ग्राहक माझ र्पुयाउन पाउँदा उत्साहित छौँ । अब, भोजका ग्राहकहरूले भुक्तानी गर्नको लागि नगद पैसामा मात्रै भर पर्नुपर्दैन । खल्तीको डिजिटल भुक्तानी सुविधासँगै नेपालमा विद्यमान क्यास–अन–डेलिभरी प्रणालीमा हुने झन्झटबाट मुक्त हुने आशा गरेका छौँ ।”

यस साझेदारीले नेपालीहरुमा अनलाईन मार्फत सामान खरिद गर्दा मोबाईलबाटै भुक्तानी गर्ने बानीको सुरुवात हुने आशा गरिएको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २८ फाल्गुन २०७६, बुधबार

ताजा समाचार