टुटल, पठाओलगायतका सेवा बन्द गर्न यातायात व्यवस्था विभागको सूचना

Technology Khabar २८ फाल्गुन २०७६, बुधबार

टुटल, पठाओलगायतका सेवा बन्द गर्न यातायात व्यवस्था विभागको सूचना

काठमाडौं ।

काठमाडौं । यातायात व्यवस्था विभागले ‘राइड सेयरिङ बिजनेश’ गरिरहेका टुटल, पठाओ बन्द गर्न निर्देशन दिएको छ ।

बिभागले टुटल पठाओ बन्द गर्न र बन्द नगरे कारवाही गर्ने चेतावनी सहितको सूचना मंगलबार सार्वजनिक गरेको हो ।

सूचनामा कानूनको उल्लंघन गरी अरू प्रयोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने उल्लेख छ ।

यसअघि मंगलबार बेलुका ट्याक्सी व्यवसायीहरूले राइड सेयरिङ्ग सेवा बन्द गर्न बिभागमा दबाब दिएका थिए। ट्याक्सी व्यवसायीहरुले टुटल र पठाओ जस्ता राइड सेयरिङ्ग सेवा अवैधानिक रहेको बताउँदै आएका छन् ।

ट्याक्सी व्यवसायीले टुटल र पठाओ तत्काल बन्द गर्न विभाग अघि घेराउ गरेका थिए ।

‘विभिन्न प्रयोजनको लागि दर्ता भएका सवारीहरुले आफुखुसि भाडा तोकि यातायात व्यवस्था ऐनको उल्लङ्घन गरी निजि सवारी भाडामा प्रयोग गरिएको पाइएमा कारवाहि सहित अनुगमन गरिने छ’ । विभागले जारी गरेको सूचनामा भनिएको छ ।

यसअघि उच्च अदालत पाटनले टुटल पठाओलाइ नरोकी कानून बनाएर नियमन गर्न सरकारलाई माघ २९ गते आदेश दिएको थियो ।

easy care

प्रकाशित: २८ फाल्गुन २०७६, बुधबार