ट्विटरमा परिवर्तन- गलत र भ्रामक जानकारी शेयर गर्दा चेतावनी पाईने, हटाउन पनि सक्ने

Technology Khabar २२ फाल्गुन २०७६, बिहीबार

ट्विटरमा परिवर्तन- गलत र भ्रामक जानकारी शेयर गर्दा चेतावनी पाईने, हटाउन पनि सक्ने

काठमाडौं ।

काठमाडौं । ट्विटरले गलत र भ्रामक जानकारीहरुलाई नियन्त्रण गर्न केहि परिवर्तनहरु गरेको छ । आजबाट यूजरहरुले गलत र भ्रामक जानकारी ट्विट वा रिट्विट गरेमा एउटा चेतावनी देखिने छ । यसको उदेश्य सार्वजनिक सुरक्षालाई प्रभावित पार्ने भ्रामक र गलत जानकारीलाई रोक्नु हो ।

कम्पनीले हाल आफ्नो यस प्लेटफर्ममा ट्विटको लेभलिग गर्ने भएको छ । कम्पनीले भ्रामक वा तोडमोड गरि पेश गरिएको जानकारीहरुलाई पहिचान गर्ने छ । साथै मानिसहरुलाई भ्रामक सुचना दिने यस्ता ट्विटलाई डिलिट पनि गर्ने छ । यस बाहेक कम्पनीले भ्रामक जानकारी शेयर गर्ने यूजरलाई चेतावनी पनि दिने छ ।

हाल विश्वभर सोशल मिडियामा फेक भिडियो वा भ्रामक जानकारीको भयावह प्रभावहरु देखिँदै आएको अवस्थामा ट्विटरले यस्तो घोषणा गरेको हो । कम्पनीले हालैमा यसैको बारेमा ब्लग पोस्टमा कुनै ट्विटमा शेयर गरिएको मिडिया सामग्री आफुहरुलाई फेक वा छेडछाड गरिएको लागेमा कम्पनीले यसको सम्भावनाको अन्य जानकारी दिने बताएको छ ।

यसको अर्थ कम्पनीले यस्तो ट्विटमा एक प्रकारको लेभल लगाउन सक्ने छ र यस्तो ट्विटलाई रिट्विट वा लाइक गर्नु अघि यूजरहरुले यसमा चेतावनी देख्ने छन् ।

यस बाहेक कम्पनीले आफुहरुले बनाएको नयाँ कडा नियमहरुबाट ट्विटरमा यस्ता ट्विटको पहुँच कम गर्ने बताएको छ । यसको लागी यस्ता ट्विटलाई रिकमेन्डेड ट्विटको सुझावबाट हटाइन सकिने कम्पनीले जनाएको छ ।

त्यस्तै कम्पनीले कुनैपनि जानकारी वा भिडियो भ्रामक भएको जाँच गर्दा उक्त जानकारीलाई त्यस पहिले रहेको मुलभाव वा अनुक्रममा बदली गरिएको वा नगरिएको भन्ने जाँच गर्ने छ ।

यस बाहेक कम्पनीले भिडियोलाई नयाँ फ्रेममा चेन्ज गरिएको वा नगरिएको, भ्वाइस ओभर थपिएको वा नथपिएको र सबटाइटल चेन्ज गरिएको वा नगरिएको भन्ने पनि जाँच गर्ने छ । कम्पनीले यस्ता भिडियोहरुलाई साँच्चै खिचिएको वा देखाउन मात्रै बनाइएको भन्ने पनि जाँच गर्ने जनाएकाे छ ।

easy care

प्रकाशित: २२ फाल्गुन २०७६, बिहीबार