गूगलले यो वर्ष आयोजना हुने आफ्नो आई/ओ डेभलपर कन्फ्रेन्स स्थगित गर्यो

Technology Khabar २१ फाल्गुन २०७६, बुधबार

गूगलले यो वर्ष आयोजना हुने आफ्नो आई/ओ डेभलपर कन्फ्रेन्स स्थगित गर्यो

काठमाडौं ।

काठमाडौं । गूगलले आफ्नो डेभलपर कन्फ्रेन्स स्थगित गरेको छ । कम्पनीले हालै सहभागीहरुलाई ईमेल पठाउँदै यहि मे १२ देखि १४ तारिखसम्म माउन्टेन भ्यूमा आयोजना हुन लागेको आफ्नो गूगल आई/ओ डेभलपर कन्फ्रेन्स स्थगित गरेको जानकारी दिएको हो ।

यसअघि टेक कम्पनी फेसबुकले पनि कोरोनाभाइरसको डरले आफ्नो एफ८ डेभलपर कन्फ्रेन्स स्थगित गरेको जानकारी दिएको थियो ।

‘कोरोनाभाइरसको चासोका बिचमा र सिडीसी, डब्लूएचओ र अन्य स्वास्थ्य नियमनकारी निकायहरुबाट दिईएको सुझावअनुसार हामीले गूगल आई/ओ इभेन्ट स्थगित गर्ने निर्णय गरेका छौं,’ गूगलले स्टेटमेन्ट जारी गर्दै भनेको छ ।

कम्पनीले सो इभेन्ट स्थगित भएपनि अन्य किसिमले त्यसलाई अगाडि बढाउने योजना लिएको जानकारी दिएको छ ।

गूगलको सो इभेन्टका लागि सहभागीहरुले किनेको टिकटहरुको रकम फिर्ता गरिने बताईएको छ । यसका साथै गूगलले सो इभेन्ट स्थगित हुँदा परेको असरलाई हेर्दै स्थानिय माउन्ट भ्यू मा रहेका साना व्यवसायहरु र विद्यालयहरुलाई १० लाख डलर सहयोग गर्नेभएको छ ।

सन् २००८ देखि आयोजना हुँदै आएको गूगल आई/ओ डेभलपर कन्फ्रेन्स पहिलो पटक स्थगित भएको हो । जहाँ सामान्यतया करिब ५ हजार मानिसहरु विश्वभरबाट सहभागी हुने गर्दछन् ।

गूगलले सो कन्फ्रेन्सबाट डेभलपरहरुका लागि नयाँ टूल्स घोषणा गर्ने गर्दछ भने नयाँ उपभोक्तामूखी फीचरहरु समेत सार्वजनिक गर्ने गर्दछ । एजेन्सी

easy care

प्रकाशित: २१ फाल्गुन २०७६, बुधबार