मोबाइल रेसिङ्ग गेम खेल्न रुचाउनुहुन्छ भने यी हुन् २०२० मा खेल्नै पर्ने बेस्ट रेसिंग गेम्स

Technology Khabar २० फाल्गुन २०७६, मंगलवार

मोबाइल रेसिङ्ग गेम खेल्न रुचाउनुहुन्छ भने यी हुन् २०२० मा खेल्नै पर्ने बेस्ट रेसिंग गेम्स

काठमाडौं ।

काठमाडौं । बेस्ट मोबाइल रेसिङ्ग गेम्सको कुरा गर्दा युजरहरुको दिमागमा सबैभन्दा पहिले एस्फल्टको नाम आउन सक्छ । तर हाल एन्ड्रोएडको प्ले स्टोरमा यस्ता कयौँ रेसिंग गेमहरु पनि रहेका छन जसलाई खेल्दा निकै राम्रो हुने गरेतापनि कतिपय यूजरहरुले सुनेका पनि हुँदैनन् ।

त्यसो त केहि गेमहरु यस्ता छन जुन केहि वर्षदेखि बेस्ट एन्ड्रोएड रेसिङ्ग गेमको लिस्टको टपमा रहेका छन् । तर केहि गेमहरु बेस्ट रेसिङ्ग गेमको लिस्टमा नरहे पनि खेल्नमा निकै उत्कृष्ट हुने गर्दछन् । जुन रेसिङ्ग गेम लभरहरुले खेल्नै पर्ने हुन्छ।

बेस्ट रेसिङ्ग गेम्सको यस लिस्टमा सामेल सबै गेमहरु खेल्नमा उत्कृष्ट मात्रै नभई यी गेमहरु गूगलमा फ्रि मा पाइने छ । यस लिस्टमा कार, बाइक, वाटर जेट स्कि रेसिङ्ग जस्ता गेमहरु रहेका छन् । यस लिस्टमा हामीले २०१९ को बेस्ट गेम्स एस्फल्ट र रियल रेसिङ्ग ३ लाई राखेका छैनौं । यस लिस्टमा यी दुईलाई छोडेर २०२० का अरु केहि राम्रा रेसिङ्ग गेमहरुको जानकारी रहेको छ ।

मारियो कार्ट टूर

बेस्ट मोबाइल रेसिङ्ग गेम्सको २०२० को टपमा मारियो कार्ट टूर रहेको छ । यसै वर्ष निन्टेडोले बनाएको यस गेमले निकै लोकप्रियता हासिल गरिरहेको छ । यस गेमलाई गूगलको प्ले स्टोरबाट बिनाकुनै शुल्क फ्रिमा डाउनलोड गर्न सकिन्छ । यो गेमले प्लेयरलाई निकै रोमाञ्चक बनाउने छ । यसमा मारियो एउटा कार्टमा बसेको हुन्छ, जसमा रेस गर्दै उसले बाटोमा रहेका बक्स र क्वाइन (सिक्का) लाई कलेक्ट गर्नुपर्दछ ।

ड्राइभ

यो एक इन्डलेस गेम हो, जसमा यूजर जति सक्दो धेरै टिकिरहनु पर्दछ । गेममा यूजरहरुले धेरै रोकावटहरुको सामना गर्नुपर्ने हुन्छ । जसबाट बच्न यूजरले निकै प्राक्टिस गर्नुपर्ने देखिन्छ । गेममा यदि यूजरलाई एउटा कारबाट बोर फिल भएमा गेमको भित्र गएर यूजरले आफुले कलेक्ट गरेको बोटल क्यापको माध्यमबाट २९ वटा फरक फरक गाडिहरु अनलक गर्न सक्दछन् ।

थम्ब ड्रिफ्ट

थम्ब ड्रिफ्टको सबैभन्दा खास कुरा यस गेमलाई एउटा हातले मात्रै खेल्न सकिन्छ । यस गेमलाई डेभलपरले एउटा हातले मात्रै खेल्नको लागी डिजाइन गरेका हुन । नाम जस्तै यसलाई यूजरले एउटा औंलाले मात्रै खेल्न सक्दछन् । उत्कृष्ट ग्राफिक्स रहेको यस गेममा यूजरले औंलाको सहयोगमा कारलाई ड्रिफ्ट गराउनु पर्दछ । यस गेममा यूजरले कारलाई रोडमा राखिराख्न कोशिस गर्नु पर्दछ र बाटोमा आउने सबै अफ्ठ्याराहरुबाट बच्नु पर्दछ । यो गेममा पनि कलेक्ट गरिएको सिक्काले अन्य कारहरु किन्न सकिन्छ ।

एसबिके१६

यो एक बाइक रेसिङ्ग हो । यदि यूजर मोटो जीपी रेसिङ्ग हेर्ने शौखिन रहनेलाई यस गेमले त्यसैको अनुभव प्रदान गर्दछ । एसबिके१६ गेम मोटो जीपीबाट नै प्रभावित भएको गेम हो । यस गेममा यूजरले रेसिङ्ग कोर्समा अन्य प्लेयरहरुसँग आफ्नो सुपर बाइक कुदाएर रेस गर्नु पर्दछ । गेममा धेरै लोकप्रिय बाइक कम्पनीहरुको सुपर बाइक रहेको छ । यसमा ४ कन्टिनेन्ट र १३ राउन्डहरु हुन्छ ।

रिप्टाइड जीपि३: रेनेगेड

रिप्टाइड जीपि३: रेनेगेड एक वाटर जेट स्कि रेसिङ्ग गेम हो । कतिपय कार र बाइकका रेसिङ्ग गेम खेलेका यूजरहरुलाई यस गेमले केहि बेग्लै अनुभव प्रदान गर्दछ । यस गेममा पानीमा रेस हुन्छ, जसमा यूजरले आफ्नो रेस स्कीलाई कुदाउनु पर्ने हुन्छ । गेमलाई रोमाञ्चक बनाउन डेभलपरहरुले धेरै अफ्ठायाराहरु पनि बनाएका छन । यसमा यूजरले आफ्नो जेड स्की बाट स्टन्ड पनि गर्न सक्दछन्।

easy care

प्रकाशित: २० फाल्गुन २०७६, मंगलवार