मोबाइल गेम पबजीको प्रोजेक्ट ‘ब्यान प्यान’ सुरु, गेममा गलत गर्नेलाई १० वर्षको प्रतिबन्ध

Technology Khabar २० फाल्गुन २०७६, मंगलवार

मोबाइल गेम पबजीको प्रोजेक्ट ‘ब्यान प्यान’ सुरु, गेममा गलत गर्नेलाई १० वर्षको प्रतिबन्ध

काठमाडौं ।

काठमाडौं । लोकप्रिय अनलाइन गेम पबजी (प्लेयरअननोन्स ब्याटलग्राउन्ड) को मोबाइल संस्करणमा ह्याकरहरु र चीटरहरु धेरै रहेका छन् । गेम डेभलपर्स कम्पनी टेन्सेन्ट गेम्सले गेमका बिच चिटिंग टुल्स प्रयोग गर्ने प्लेयरलाई १० वर्षको प्रतिबन्ध लगाउने गर्दछ । कम्पनीले हरेक हप्ता आफुले प्रतिबन्ध गरेको प्लेयरहरुको लिस्ट सार्वजनिक गर्ने गर्दछ ।

टेन्सेन्ट गेम्स र पबजी कर्पले ह्याकिंग टुल र चिटिंग टुल्स प्रयोग गर्ने यूजरहरुलाई समात्नको लागी हालै प्रोजेक्ट ब्यान प्यान सुरु गरेका छन् । कम्पनीले एक भिडियो शेयर गर्दे गेम डेभलपर्सले चीटरहरुलाई समात्ने बताएको छ।

यो भिडियो ड्रामेस्टिक भएपनि वास्तविक स्थितीमा आधारित यस भिडियोलाई यूजरहरुले हेर्नैपर्ने रहेको छ । यस भिडियोमा पबजी कर्पले सबै प्लेयरहरुको बारेमा रिर्पोट प्राप्त गर्दछ । प्लेयरहरुको गेम प्ले हेर्दा पनि सबै सामान्य नै देखिन्छ । तर गेम डेभलपर्सले गेम समाप्त नभएसम्म प्लेयरलाई ध्यानले हेर्दा उनिहरुको चिटिंग एलिमेन्टहरु नोटिश गर्दछन् ।

यस भिडियोमा चिटरले कुनै स्पेशलाइज टूल वा कहिं त्यस्तो प्रयोग गरेको नभई यूजरले दुई अडिनरी मोबाइल डिभाइस यूज गरिरहेको हुन्छ । यूजरले पहिलो मोबाईलमा गेम स्टार्ट गरेर गेमको निकै भागसम्म खेलेपछि उसले अर्को मोबाइलमा गेम लगईन गर्दछ । यस्तो अवस्थामा गेम सिस्टमलाई यूजरको नेटवर्क कनेक्शनको समस्या भएको लाग्दछ। यस अवस्थामा गेम ओपनिंग को अवस्थामा रहन्छ र यूजरले आफ्नो अपोनेन्टलाई सजिलै किल गर्दछ । तर यहाँ चिटर चिटिंग समातिन्छ र पबजीले उसलाई १० वर्षको प्रतिबन्ध लगाउँछ ।

कम्पनीले ब्यान गरेको प्लेयरले उक्त आईडिबाट १० वर्ष सम्म पबजी खेल्न पाउँदैन । यसबाट कम्पनी गेममा रहेका चीटरको बारेमा निकै सजक र निकै कठोर रहेको भन्ने थाहा पाउन सकिन्छ । कम्पनीले यसबारेमा ट्विट पनि गरेको छ ।

पबजी गेमको लागी सुरुदेखि नै चीटरहरु एउटा ठुलो समस्याको रुपमा रहेको छ । यि चीटरहरु एक खास सफ्टवेयरको मद्दतले गेममा एड्भान्टेज लिने कोशिश गर्दछन् । यस सफ्टवेयरको मदतमा उनिहरुले एड्भान्डेज पाउने पनि गर्दछन् ।

नेपालमा पनि पबजी निकै लोकप्रिय रहेको छ भने यसले युवा गेमरहरुलाई आकर्षित गरिरहेको छ । त्यसैले होस गर्नुस कतै तपाईँ पनि प्रतिबन्धमा पर्नुहोला ।

easy care

प्रकाशित: २० फाल्गुन २०७६, मंगलवार