जापानका बैज्ञानिकहरुले बनाए ब्लेड रनर रोबोट, रोबोटलाई छुँदा आफ्ना सम्बेदनाहरु प्रकट गर्ने

Technology Khabar १६ फाल्गुन २०७६, शुक्रबार

जापानका बैज्ञानिकहरुले बनाए ब्लेड रनर रोबोट, रोबोटलाई छुँदा आफ्ना सम्बेदनाहरु प्रकट गर्ने

काठमाडौं ।

काठमाडौं । जापानको ओसाका यूनिभर्सिटीका बैज्ञानिकहरुले ब्लेड रनर रोबोट तयार गरेका छन् । यसको प्रोगामिंङ्ग करेन्ट लाग्दा रोबोटले झट्का महशुस गर्न सक्ने गरि गरिएको छ ।

बैज्ञानिकहरुको दाबी अनुसार यस्तो गर्नाले आर्टिफिशियल इन्टेलिजेन्स प्रविधिलाई पनि सहानुभुती व्यक्त गर्न सिकाउन सकिने छ । टिमले २०१८ मा बनाएको एक हाईपर रियालिस्टिक चाइल्ड रोबोट एफेटोमा आर्टिफिशियल पेन सिस्टम प्रयोग गरिएको थियो । बच्चाको जस्तो अनुहार भएको यस रोबोटलाई छुँदा गर्दा खुशि हुने, रिसाउने तथा आफ्नो सम्बेदनाहरु पनि प्रकट गर्ने गर्दछ ।

एफेटलाई बनाउन शोधकर्ताहरुले ११६ वटा अलग अलग फेशियल प्वाइन्ट लाई खोजे र विशेष एक्सप्रेशन बनाउनको लागी कयौँ प्रकारको पक्षहरुको विश्लेषण गरे, त्यसपछि रोबोटलाई कोडिंग गरे जसबाट यसले पिडा महशुस गर्दछ । यसका मुख्य शोधकर्ता तथा जापान रोबोटिक्स सोसाईटिका अध्यक्ष प्रोफेशर पिनोरु असादाले यस प्रकृयाले मेशिनमा सहानुभुति र सद्गुण व्यक्त गर्ने क्षमताहरु ल्याउने अपेक्षा गरिएको बताएका छन्।

यस आर्टिफिशियल पेन सिस्टमलाई सियाटलमा भएको अमेरिकन एसोसिएशन फर द एडभान्सभेन्ट अफ साइन्स मिटिंगमा प्रस्तुत गरिएको थियो । असादा र उनको टिमले पेन सेन्सरहरु मेशिनमा कोडिंग गरेर यसले मानवीय पिडा बुझ्ने क्षमता बढाउने आशा गरेको छन । यस मार्फत रोबोटले एक्लै बस्ने वृद्धवृद्धाहरुको मानसिक र शारिरीक रुपमा राम्रो तरिकाले सहयोग गर्न सक्ने छ । एजेन्सी

telecom
easy care

प्रकाशित: १६ फाल्गुन २०७६, शुक्रबार

ताजा समाचार