फेसबुकले अब आफ्नो भ्वाइस रेर्कडिंग गर्ने यूजरलाई पैसा दिने

Technology Khabar ११ फाल्गुन २०७६, आईतवार

फेसबुकले अब आफ्नो भ्वाइस रेर्कडिंग गर्ने यूजरलाई पैसा दिने

काठमाडौं ।

काठमाडौं । सोशल नेटवर्किंग कम्पनी फेसबुकले अब यूजरहरुलाई भ्वाइस रेर्कडिङ्ग गरेको पैसा दिने भएको छ । वास्तवमा कम्पनीले हाल भ्वाइस रिकग्निशन टेक्नोलोजीलाई सुधार गर्न यस्तो गर्न थालेको हो ।

डाटा प्राइभेसीसँग जोडिएको फेसबुकको अप्रभावकारीता हाल सबैमाझ सार्वजनिक भईसकेको अवस्थामा यस कामको पछाडिको कारण के हो भन्न मुस्किल देखिन्छ ।

महत्वपुर्ण कुरा अमेजन, गूगल, एप्पल र माइक्रोसफ्टले पनि स्पीच रिकग्निशनको नाममा मानिसहरुको भ्वाईस रेर्कडिङ्ग सुनेका छन । वा यो भनौ यिनीहरुलाई यस्तो गर्दै गर्दा समातिएका थिए । यद्पी पछि यी कम्पनीहरुले सफाईमा आफुहरुले भ्वाईस रिकग्निशनलाई सुधार र सटिक बनाउन यस्तो गरेको बताएका थिए।

हालैको एक रिर्पोटमा फेसबुकले भ्वाईस रेकर्डिङ्ग गर्नेहरुलाई लागी अंग्रेजीमा ‘हे र्पोटल’ Hey Portal बोलेपछि फेसबुक फ्रेन्डलिस्टको अगाडीको पहिलो नाम बोल्नु पर्नेछ । रिर्पोट अनुसार यदि यूजरले आफ्ना फ्रेन्डहरुको नाम १० पटक लिन सक्दछन भने प्रत्येक स्टेटमेन्टलाई दुईपटक रेर्कड गराउनु पर्नेछ । एक सेट रेर्कडिङ्ग पुरा गरेपछि यूजरले २०० प्वाइन्ट्स पाउने छन् । यद्पी १०,००० प्वाइन्ट्स नपुगी पैसा भने पाइने छैन्।

यसको कारोबार पेपालको माध्यमबाट गरिने छ र रेर्कडकोरुपमा यस प्रोग्राममा भाग लिने यूजरलाई पाँच डलर प्रदान गरिने छ । फेसबुकका अनुसार यूजरहरुलाई पाँच सेट रेकर्डिङ्गको मौका प्रदान गरिने छ । अर्थात यूजरले १,०० प्वाइन्ट्स कमाउन सक्ने छन् ।

रिर्पोटअनुसार फेसबुकले यूजरहरुले प्रदान गरेको भ्वाइस रेकर्डिङ्गलाई कम्पनीको प्रोफाइलसँग कनेक्ट नगरिने बताईएको छ । पोलिसीको अनुसार कम्पनीले आफ्नो भ्यु प्वाइन्ट्सको एक्टिभिटी फेसबुक वा फेसबुकको अरु प्लेटफर्ममा यूजरहरुको अनुमती बिना शेयर गर्न पाइने छैन ।

हाल प्रोनाउनशिएशनको यस प्रोग्राम अमेरिकी यूजरहरुको लागी मात्रै रहेको छ । यसको लागी यूजरहरुको फ्रेन्डलिस्टमा कमसेकम ७५ जना साथीहरु हुन पर्नेछ ।

नेपाल तथा विश्वका अन्य मुलुकहरुका लागी कम्पनीले कहिले यो प्रोग्राम सुरु गर्छ भन्ने बारेमा कुनै जानकारी रहेको छैन ।

easy care

प्रकाशित: ११ फाल्गुन २०७६, आईतवार