Technology Khabar ६ फाल्गुन २०७६, मंगलवार
काठमाडौं ।
काठमाडौं । गूगल क्रोम वेब ब्राउजरमा खतरानाक एक्स्टेन्शनहरु भेटिएका छन् । हालै गूगलले आफ्नो वेब स्टोरबाट ५०० खतरनाक एक्सटेन्शनलाई हटाएको छ । यी क्रोम एक्सटेन्शनहरुले अट्याकरहरुको लागि ब्राउजर डाटा चोरी गर्ने टूलको रुपमा काम गर्ने गर्दथे ।
रिर्पोटको अनुसार यी एक्सटेन्शन्स माल्भटाइजिग र एड फ्रड कम्पनीको हिस्सा थिए । यिनीहरु गूगल क्रोमको वेब स्टोरमा जनवरी २०१९ देखि रहेका थिए । यद्पी यी एक्सटेन्शन्स २०१७ देखि नै अपरेट हुँदै आएको बताईएको छ । सिस्कोको डुओ सेक्योरिटी र सेक्योरिटी रिसर्चर जमीला कायाले ज्वाइन्ट इन्भेस्टिगेशनमा यी एक्सटेन्शनहरुमध्ये ७० क्रोम एक्सटेन्शनहरुको इन्स्टलेशन १७ लाख रहेको भेटिएको जानकारी दिएका छन् ।
सिस्कोले यसको जानकारी गूगललाई दिएको थियो र गूगलले यससँगै पछि ४३० अरु खतरनाक एक्सटेन्सनहरु पाएको थियो र हाल यी सबैलाई डिएक्टिभेट गरिदिएको छ ।
यसप्रकारका एक्सटेन्सनहरुले प्रयोगकर्ताको बानि व्यबहारमा पनि नजर राख्ने गर्दथ्यो र यसको जानकारी सिधै अट्याकरहरुलाई पठाउने गर्दथ्यो । जसबाट ह्याकरहरुले प्रयोगकर्ताको जानकारीलाई संकलन गरेर यसैको माध्यमबाट उनिहरुको प्राइभेट डाटा चोरी गर्नसक्ने खतरा उब्जने गर्दथ्यो ।
सिस्कोका डुओ सेक्योरिटीका ज्याकब रिकर्डले ट्रयाकिंग बेस्ड एडर्भटाइजिंग रहेसम्म मालवेयरटाईजिंग अट्याकको रुपमा बढिरहने बताए । उनले विशेष गरि प्रयोगकर्ताहरुको सुरक्षा संयन्त्र अभाव रहेका बेला यो अझ बढि हुनसक्ने जानकारी दिए । एजेन्सी
प्रकाशित: ६ फाल्गुन २०७६, मंगलवार