नेपाल टेलिकमको मोबाइल रिचार्ज वा ब्यालेन्स टपअप नबिल बैंकको भिषा तथा मास्टरकार्डबाट हुने

Technology Khabar २४ माघ २०७६, शुक्रबार

नेपाल टेलिकमको मोबाइल रिचार्ज वा ब्यालेन्स टपअप नबिल बैंकको भिषा तथा मास्टरकार्डबाट हुने

काठमाडौं ।

काठमाडौं । नेपाल दुरसंचार कम्पनी लिमिटेड र नबिल बैंक लिमिटेड बीच पेमेन्ट गेटवे सेवाका लागि बिशेष सम्झौता माघ १९ गते सम्पन्न भएको छ ।

नेपाल टेलिकमले आफ्नो १६ औं बार्षिकोत्सबको बिशेष अवसर पारेर नबिल बैंकसंगको सहकार्यमा पेमेन्ट गेटवे सेवा संचालनमा ल्याएको छ ।

यस सेवा अन्तर्गत नेपाल टेलिकमका ग्राहकहरुले पहिलो चरणमा टेलिकमको वेबसाइटमा रहेको कार्ड पेमेन्ट सुविधा मार्फत सम्पूर्ण भिषा तथा मास्टरकार्डहरु प्रयोग गरी हाललाई पोस्टपेड तथा प्रिपेड मोबाइल रिचार्ज वा ब्यालेन्स टपअप गर्न सक्ने छन् ।

साथै निकट भविष्यमा यो सेवा नेपाल टेलिकमको मोबाईल एप मार्फत पनि उपलब्ध गराईने बताईएको छ ।

कार्यक्रममा नेपाल टेलिकमका प्रमुख व्यवसायिक अधिकृत भानु राज श्रेष्ठ तथा नबिल बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत बिनय कुमार रेग्मीले उक्त सम्झौतामा हस्ताक्षर गरे ।

कार्यक्रममा बोल्दै टेलिकमका प्रमुख व्यवसायिक अधिकृतले ग्राहकको माग र विधुतीय पेमेन्ट प्रणालीको आवश्यकतालाई मध्यनजर गर्दै सुरु गरिएको यो सेवा मार्पmत संसारको कुनै पनि कुनाबाट भिषा तथा मास्टरकार्ड प्रयोग गरी नेपाल टेलिकमको मोबाइल रिचार्ज वा ब्यालेन्स टपअप गर्न सकिने भएकोले ग्राहकहरुलाई सेवा प्रयोग गर्न निकै सहज हुनेछ भन्ने विश्वास लिईएको बताए ।

हाललाई प्रिपेड तथा पोस्टपेड मोबाईलबाट सुरुवात गरिएको यो सेवा निकट भविष्यमा नेपाल टेलिकमका अन्य सेवाहरु खरिद गर्न तथा बिल तिर्न पनि प्रयोग गर्न सकिने छ।

त्यस्तै नबिल बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृतले नेपालमा विधुतीय पेमेन्ट प्रणालीको विकासका लागि यो सहकार्य कोशेढुंगा सावित हुने विश्वास लिएको तथा यस कार्यले आफुहरुलाई थप जिम्मेवार बनाएको बताए ।

easy care

प्रकाशित: २४ माघ २०७६, शुक्रबार

ताजा समाचार