भारतीय टेलिकम कम्पनी रिलायन्स जियोद्धारा कनेक्टेड कार सिस्टम लन्च

Technology Khabar २३ माघ २०७६, बिहीबार

भारतीय टेलिकम कम्पनी रिलायन्स जियोद्धारा कनेक्टेड कार सिस्टम लन्च

काठमाडौं ।

काठमाडौं । भारतमा अटो एक्सपो २०२० को सुरुवात भइसकेको छ । भारतीय टेलीकम कम्पनी रिलायन्स जियो यस एक्सपोको बिच कनेक्टेड कार टेक्नोलोजी प्रस्तुत गर्ने पहिलो टेलिकम कम्पनी बनेको छ ।

रिलायन्स जियोले बिगत निकै समयदेखी कनेक्टेड कार टेक्नोलोजीमा काम गरिरहेको छ ।

यसबाट जियो भारतमा एक टेलिकम कम्पनीमात्र नभई आफुलाई आईओटी अर्थात इन्टरनेट अफ थिङ्गस कम्पनीकोरुपमा पनि स्थापित गराएको छ । यसको लन्च अघि नै कम्पनीले आफ्नो यस रणनितीको बारेमा जानकारी दिएको थियो ।

रिर्पोटकाअनुसार अटो एक्सपोमा कनेक्डेट कार टेकको लन्चअन्तरगत जियो कारलाई कनेक्ट भेहिकल ट्रयाकिंग सिस्टमको ट्रान्सपोर्ट र लजिस्टिक कम्पनीहरुको लागी तयार गरिएको बताए । यस एक्सपोमा कम्पनीले फ्युचर कोर्सका लागी कनेक्टिभिटी, नेटवर्क र टेक्नोलोजीको बारेमा बताएको थियो ।

सो सिस्टम कुनैपनि कारमा जडान गर्न सकिने र त्यसले गाडिको अवस्था, चालकको असन्तुष्टिको तह, र चोरी हुने अवस्थामा गाडि मालिकलाई त्यसको अलर्ट समेत गर्न सक्नेछ ।

सो सलुसन सानो आईओटी मोडुलका साथमा एउटा ईसिम सहित आउँछ जसले ४जी एलटिई सपोर्ट गर्दछ र यसको लक्ष्य ती धनीहरुको लागि हो जसले कारहरु चालक तथा क्याब एजेन्सीहरुलाई भाडामा उपलब्ध गराउँछन् ।

सलुसनअन्तरगत ३६० डिग्रीमा घुम्नसक्ने क्यामरासहितको ड्यास क्यामसँग कनेक्टेड हुनेछ भने यसले सडक र चालक दुबैमा ध्यान दिनेछ ।
आईओटी मोडुलले लिने डाटाहरु अधिकांश सलुसनले नै प्रोसेस गर्दछ भने केहि क्लाउडमा रहनेछ ।

रिलायन्स जियोले यो कनेक्टेड कार सिस्टम कहिलेदेखि उपलब्ध हुन्छ र कति मुल्य पर्नेछ भन्ने अझै जानकारी दिएको छैन् ।

कम्पनीले नवी मुम्बईको क्याम्पसमा गएको एक वर्षदेखी कनेक्टेड कार टेक्नोलोजी को टेस्टिङ्ग गर्दै आएको छ ।

easy care

प्रकाशित: २३ माघ २०७६, बिहीबार