बेलायतको राजधानी लण्डनमा प्रहरीद्धारा लाइभ फेशियल रिकोग्निसन क्यामरा प्रयोग

Technology Khabar १२ माघ २०७६, आईतवार

बेलायतको राजधानी लण्डनमा प्रहरीद्धारा लाइभ फेशियल रिकोग्निसन क्यामरा प्रयोग
प्रतिकात्मक

काठमाडौं ।

काठमाडौं । बेलायतको मेट्रो प्रहरीले लण्डनमा लाइभ फेशियल रिकोग्निसन क्यामराहरु संचालनमा ल्याएको छ । विभिन्न अधिकार समूहहरु तथा सरकारको आफ्नै सर्भिलेन्स वाचडगको चासोका बाबजुद प्रहरीले लाइभ फेशियल रिकोग्निसन क्यामराहरु संचालन गर्न शुरु गरेको हो ।

सन् २०१६ मा पहिलो पटक लण्डनमा आयोजित नटिंग हिल कार्निभलमा ती क्यामराहरु प्रयोग गरिएको थिए ।

ती लाइभ फेशियल रिकोग्निसन क्यामराहरुले खोजीको सूचीमा रहेका हरेक कोहिलाई पत्ता लगाएर प्रहरीलाई अलर्ट गराउँछ ।

‘लाइभ फेशियल रिकोग्निसन प्रविधिको प्रयोग इन्टेलिजेन्ससहितको हुनेछ र लण्डनका विशेष स्थानहरुमा जडान गरिएको छ,’ शहरको मेट्रोपोलिटन पुलिसले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीकाअनुसार महानगरको विकासको लागि यो महत्वपूर्ण भएको र हिंसालाई कमगर्न प्रहरीलाई सहयोगीको रुपमा महत्वपूर्ण हुने बताएको छ ।

क्यामराहरुमा स्पष्टरुपमा देखिने छन भने अधिकारीहरुलाई सो बारेमा पर्चा मार्फत जानकारी गराईएको छ ।

फेशियल रिकोग्निसन क्यामराहरु बेलयतका अन्य शहरहरु र सपिंग सेन्टरहरुमा पनि जडान गरिसकिएको छ तर तिनिहरुको प्रयोगले गोपनियताकोचासो बढाएको छर विपक्षितहरुले त्यस प्रविधिको सटिकताको बारेमा प्रश्न गर्दै आएका छन् ।

युरोपेली युनियनले भने सो प्रविधिलाई सार्वजनिक स्थानहरुका लागि आगामी ५ वर्षका लागि प्रतिबन्ध लगाउनेबारे सोचिरहेको छ, जसले गर्दा कसरी त्यसको दूरुपयोग रोकियो भन्ने बारेमा का मगर्न सकियोस् ।

लण्डनका मेट्रोपोलिटन पुलिस असिस्टेन्ट कमिशनर निक एफग्रेभले भने, हामी परीक्षण र प्रयोग गरिएको टेक्नोलोजी प्रयोग गरिरहेका छौं, र यो बिन्दुमा आईसकेपछि त्यसलाई पारदर्शी एप्रोचको रुपमा लिईनेछ । एजेन्सी

easy care

प्रकाशित: १२ माघ २०७६, आईतवार