एन्ड्रोयडका यी ३० वटा क्यामरा एप्स, जसले तपाईँको डाटा सङ्कलन गरेर बिक्री गर्दछन्

Technology Khabar ७ माघ २०७६, मंगलवार

एन्ड्रोयडका यी ३० वटा क्यामरा एप्स, जसले तपाईँको डाटा सङ्कलन गरेर बिक्री गर्दछन्

काठमाडौं ।

काठमाडौं । एक साइवर अनुसन्धानबाट एन्ड्रोयड फोनको एपस्टोरमा तपाईँको सहमति बिना तपाईँको डाटा सङ्कलन गर्ने ३० वटा मालवेयर क्यामरा एप्स पत्ता लागेको छ ।

अनुसन्धानअनुसार यी एप्सहरुले तपाईँको स्मार्टफोनको डाटा, लोकेशन तपाईँलाई थाहै नदिई सङ्कलन गर्न कै लागी डिजाइन गरिएको हो ।

साइबर न्युज साइबर सेक्योरिटी रिसर्चर्सले प्ले स्टोरमा रहेका यी एप्सबारे अनुसन्धान गर्दा यी एप्सले तपाईँको डाटा संकलन गरेर बेच्ने र तपाईँलाई खराब विज्ञापन देखाएर आक्रमण गर्दछन् । प्राय फिशिंग वेबसाइटहरुमा तपाईँलाई पुननिर्देशन गर्नसक्ने रिर्पोटले चेतावनी दिएको छ ।

अचम्मको कुरा पुरै ३० वटा एप्सलाई हालसम्म १.४ अर्ब पटक इन्स्टल गरिएको छ । जसमध्ये केहि त यति लोकप्रिय छन कि जुन एउटैलाई ३०० करोड भन्दा धेरैपटक इन्स्टल गरिएको छ ।

यि एन्ड्रोएड एप्स जसले थाहै नदिई डेटा कलेक्ट गर्दछन

साइवर रिर्पोटकोअनुसार उक्त ३० एप्समध्ये १६ वटा एप्स त हङकङबाट मात्रै विकास गरिएको पाईएको छ । उक्त रिर्पोटले यस्ता खतरनाक एन्ड्रोयड ट्रोजनको प्रसारमा संम्लग्न रहेको डेभलपर्सको नाममा पनि प्रकास पारेको छ । मिन्टु, यस लिस्टको सबैभन्दा बेस्ट डेभलपर्स जसले गूगलको सबै नियमहरु उल्लंधन गरेको छ । यस एप्लीकेशनले गोप्यरुपमा प्रयोगकर्ताको डाटा कलेक्ट गर्दछ र प्रयोगकर्तालाई थाहै नदिई स्मार्टफोन वा क्यामरा एक्टिभेट गर्न सक्दछ ।

रिर्पोटले कुजेन्ट, केएक्स क्यामरा टिम र ड्रिम्स रुम जस्ता डेभलपर्सलाई पनि देखाएको छ । रिर्पोटअनुसार यस्ता एप्स डेभलपर्सले कलेक्ट गरेको डाटा बेचेर पैसा कमाउने गरेका र अौसतमा एक करोड प्रयोगकर्ताको डाटा र लोकेशनको प्रबन्ध गरेबाट मासिक रुपमा ४,००० डलर कमाउन सक्ने देखाएको छ ।

यी हुन ती एप्स जसले तपाईँको डाटा चोर्ने गर्दछन् । कतै तपाईँको स्मार्टफोनमा पनि छ छैन् ?

एप्स लिस्ट

· ब्युटीप्लस–इजी फोटो इडिटर

· ब्युटीक्याम

· ब्युटी क्यामरा–सेल्फी क्यामरा

· सेल्फी क्यामरा–ब्युटी क्यामरा एन्ड फोटो इडीटर

· ब्युटी क्यामरा प्लस–स्वीट क्यामरा मेकअप क्यामरा

· ब्युटी क्यामरा–सेल्फी क्यामरा एन्ड फोटो इडिटर

· युक्याम पर्फेक्ट–बेस्ट सेल्फी क्यामरा एन्ड फोटो इडिटर

· स्वीट स्न्याप–ब्युटी क्यामरा एन्ड फेश इडिटर

· स्वीट सेल्फी स्न्याप–स्वीट क्यामरा, ब्युटी क्याम स्न्याप

· ब्युटी क्यामरा–सेल्फी क्यामरा वीथ फोटो इडिटर

· ब्युटी क्यामरा–बेस्ट सेल्फी क्यामरा एन्ड फोटो इडिटर

· बि६१२–ब्युटी एन्ड फिल्टर क्यामरा

· फेस मेकअप क्यामरा एन्ड ब्युटी फोटो मेकअप इडिटर

· स्वीट सेल्फी–सेल्फी क्यामरा एन्ड मेकअप फोटो इडिटर

· सेल्फी क्यामरा–ब्युटी क्यामरा एन्ड मेकअप क्यामरा

· युक्याम पर्फेक्ट–बेस्ट फोटो इडिटर एन्ड सेल्फी क्यामरा

· ब्युटी क्यामरा मेकअप फेस सेल्फी, फोटो इडिटर

· सेल्फी क्यामरा–ब्युटी क्यामरा

· जेड ब्युटी क्यामरा

· एचडी क्यामरा सेल्फी ब्युटी क्यामरा

· क्यान्डी क्यामरा–सेल्फी, ब्युटी क्यामरा, फोटो इडिटर

· मेकअप क्यामरा–सेल्फी ब्युटी फील्टर फोटो इडिटर

· ब्युटी सेल्फी प्लस–स्वीट क्यामरा वन्डर एचडि क्यामरा

· सेल्फी क्यामरा–ब्युटी क्यामरा एन्ड स्टीकरर्स

· प्रीटी मेकअप, ब्युटी फोटो इडिटर एन्ड सेल्फी क्यामरा

· ब्युटी क्यामरा

· बेस्टी–क्यामरा३६० ब्युटी क्याम

· फोटो इडिटर–ब्युटी क्यामरा

· ब्युटी मेकअप, सेल्फी क्यामरा इफेक्ट्स, फोटो इडिटर

· सेल्फी क्याम– बेस्टी मेकअप ब्युटी क्यामरा एन्ड फील्टर

easy care

प्रकाशित: ७ माघ २०७६, मंगलवार