एप्पलका सिईओले सन् २०१९ मा साढे १२ करोड डलर कमाए, २० लाख डलर बराबरको शेयर दान

Technology Khabar २० पुष २०७६, आईतवार

एप्पलका सिईओले सन् २०१९ मा साढे १२ करोड डलर कमाए, २० लाख डलर बराबरको शेयर दान

काठमाडौं ।

काठमाडौं । एप्पलका प्रमुख कार्यकारी टिम कुकले कति कमाउँछन भन्ने सबैको चासो हुँदै आएकोछ । विश्वको सबैभन्दा मूल्यबाट कम्पनीको रुपमा रहेको एप्पलका प्रमुख व्यक्ति कुकले एप्पललाई नेतृत्व दिँदै आएका छन् ।

कम्पनीले पनि उनको काम र योगदानलाई ध्यानमा राखेर आफ्ना सिईओलाई सन् २०१९ मा वार्षिकरुपमा ३० लाख अमेरिकी डलर तलबको रुपमा मात्रै दिएको छ । यो बाहेक उनले कम्पनीबाट अन्य सेवा सुविधाहरु छुट्टै पाउँछन् ।

कम्पनीले कुकको सुरक्षा र हवाई यातायातको सुविधा पनि छुट्टै दिने गरेको छ ।

हालै एप्पलले वार्षिक अनुमानित स्टेटमेन्ट सेक्यूरिटी एक्सचेन्जमा दर्ता गरेको छ जसअनुसार कुकले ३० लाख डलर तलब पाएका छन भने उनको सुरक्षा खर्चमा सन् २०१९ मा ४ लाख ५७ हजार ८३ डलर खर्च भएको थियो भने हवाई यात्रामा ३ लाख १५ हजार ३११ अमेरिकी डलर खर्च भएको थियो ।

टिम कुकले तलब र स्टक अवार्डलगायतका अन्य योजनाहरुसहित सन् २०१९ मा १२ करोड ५० लाख डलर बराबर कमाएका छन् ।
यसबाहेक एप्पलले आफ्ना अन्य एक्जुकेटिभ अधिकारीहरुले १० लाख अमेरिकी डलर तिरेको थियो ।

यसैबिच एप्पलका सिईओ टिम कुकले आफ्नो नाममा रहेको केहि शेयरहरु दानमा दिएका छन् । उनले करिब २० लाख अमेरिकी डलर पर्ने रकम बराबरको ६ हजार ८८० कित्ता शेयर दानमा दिएका हुन् ।

उनले दानमा दिएको सो शेयरको मूल्य करिब १९ लाख ९० हजार डलर भएको उल्लेख छ तर सो शेयरको बजार मूल्य भने २.०६ अमेरिकी डलर छ । तर कुकले कसलाई दान दिएको भन्ने विषय भने सार्वजनिक गरेका छैनन् । यसअघि पनि कुकले च्यारिटीमा दान गरेका थिए । एजेन्सी

easy care

प्रकाशित: २० पुष २०७६, आईतवार