दक्षिण कोरियाको सिओलमा अपराध पहिचान गर्न एआई क्यामराहरु जडान गरिने

Technology Khabar २० पुष २०७६, आईतवार

दक्षिण कोरियाको सिओलमा अपराध पहिचान गर्न एआई क्यामराहरु जडान गरिने

काठमाडौं ।

काठमाडौं । दक्षिण कोरियाको सरकारले सिओलमा आगामी १ वर्षभित्र आर्टिफिसियल इन्टेलिजेन्स(एआई)युक्त क्यामराहरु जडान गर्ने भएको छ । ती क्यामराहरुमार्फत सरकारले शहरमा हुने अपराधलाई पहिचान गर्न सहयोगी हुने बताएको छ ।

दक्षिण कोरियाको राजधानीको सिओचो जिल्ला र इलेक्ट्रोनिक्स एण्ड टेलिकम्यूनिकेसन्स रिसर्च इन्स्टिच्यूट(ईआरटिआई)ले संयुक्तरुपमा ३ हजार क्यामराहरु यहि जुलाईभित्र जिल्लामा जडान गरिसक्ने बताएका छन् ।

ती क्यामराहरुले एआई सफ्टवेयर प्रयोग गर्नेछन् जसले स्थान, समय र यात्रुहरुको व्यवहारहरुको प्यार्टनहरुलाई प्रोसेस गर्नेछ । जसले गर्दा अपराधको अनुसन्धान गरेर घटाउन सकिने अपेक्षा गरिएको छ ।

ती क्यामराहरुले स्वचालितरुपमा नै कुनैपनि मानिस सामान्यरुपमा हिँडिरहेको छ वा कसैलाई समस्या पारीरहेको छ भन्ने हेर्नेछ । त्यसैगरि क्यामराहरुले सो स्थानका यात्रुहरुले लगाएका वस्तुहरुको बारेमा पनि जानकारी दिनसक्नेछ । जसमा कुनै टोपी, मास्क वा चस्मालगायत पहिचान गर्नेछ र उनीहरुले कुनै ब्याग बोगेको वा खतराजन्य सामाग्रीहरु बोकेको समेत पत्ता लगाउन सक्नेछ ।

एआईयुक्त क्यामराहरुले दिन वा रातको समेत पहिचान गर्नसक्नेछन् ।

यी सबै सूचनाहरुको माध्यमबाट सरकारले अपराध हुने क्रमलाई घटाउन उपयोग गर्ने दाबी गरेको छ । यदि निश्चित मापदण्डभन्दा बढि रेट पुगेको खण्डमा क्यामराहरुले जिल्ला कार्यालय र नजिकको प्रहरी स्टेशनलाई सो स्थानको बारेमा अलर्ट गर्नेछ ।

यसको लागि सिओचो र ईटिआरआईले अदालतका २० हजार भन्दा बढि दण्ड जरिवानाका डकुमेन्टहरु र अपराध फुटेजहरु विश्लेषण गर्नेछन र त्यस्ता प्याटर्नहरुलाई एआई सफ्टवेयरका लागि प्रयोग गर्नेछन् ।

ती क्यामराहरुले अहिले खिचिएका भिडियोहरु र यसअघिका अपराधका गतिबिधिहरुलाई तुलना समेत गर्नसक्नेछ ।

यो योजनामा प्रयोग हुने एआई सफ्टवेयर अहिले विकासको क्रममा नै रहेको र यसको पूर्ण भर्सन सन् २०२२ सम्ममा आईसक्ने अपेक्षा गरिएको इन्स्टिच्यूटले बताएको छ । यी क्यामराहरुको क्षमताअनुसार अन्य प्रदेशहरुमा पनि बिस्तार गरिने बताईएको छ । एजेन्सी

easy care

प्रकाशित: २० पुष २०७६, आईतवार

ताजा समाचार