‘जिबिजि बिजफेस्ट एन्ड बिजस्टार्ट २०१९’ मा २१० स्टार्टअपको प्रदर्शनी, दश हजार भन्दा धेरै अवलोकनकर्ता

Technology Khabar १३ पुष २०७६, आईतवार

‘जिबिजि बिजफेस्ट एन्ड बिजस्टार्ट २०१९’ मा २१० स्टार्टअपको प्रदर्शनी, दश हजार भन्दा धेरै अवलोकनकर्ता

काठमाडौं ।

काठमाडौं । नेपालका प्रविधि व्यवसायीहरूको समुह, गुगल बिजनेस ग्रुप काठमाडौंले पौष १२ गते शनिबार आयोजना गरेको जिबिजि बिजफेस्ट एन्ड बिजस्टार्ट २०१९ मा २१० स्टार्टअपहरुले प्रदर्शनी गरेका छन् । साथै, स्टार्टअपमा रुची भएका दश हजार भन्दा धेरै युवाहरुले उक्त मेला अवलोकन गर्नुका साथै स्टार्टअप संस्थापकहरुसँग प्रत्यक्ष अन्तरकृया गरेका थिए ।

जिबिजि बिजफेस्ट र बिजस्टार्ट नेपालमा यस प्रकारको पहिलो र एकमात्रै प्रविधि तथा स्टार्टअप व्यबसाय सम्बन्धि प्रदर्शनी हो । नेपालमा गत वर्षदेखि गर्न थालिएकोे कार्यक्रमको यो दोस्रो संस्करण हो । नेपालमा क्लाउड कम्प्युटिङ सम्बन्धि काम गर्ने कम्पनी जेनेस सफ्टवेयर सोलुसन सँगको मुख्य सहकार्यमा गरिएकोे यस मेलाको उद्देश्य देशभरबाट नव उद्यमीहरु र स्टार्टअप संस्थापकहरूलाई एउटै प्लेटफर्ममा ल्याउने र प्रवर्धन गर्ने रहेको थियो ।

कृषिमा उपयोगी हुने ड्रोन बनाउने कम्पनीहरु, मोबाईल गेम बनाउने कम्पनीहरु, एनिमेसन, डिजिटल मार्केटिङ, अन्लाईन सपिङ, अन्लाईन शिक्षा प्रदान गर्ने, अन्लाईन स्वास्थ्य सेवा प्रदान गर्ने, नेपाली ब्रान्डका लुगा उत्पादन गर्ने देखि आधुनिक कृषिमा संलग्न स्टार्टअपकम्पनीहरु उक्त मेलामा सहभागि थिए । मेलाले विद्यार्थी र भविष्यमा आफ्नै स्टार्टअप गर्ने सोच बनाएका युवाहरुलाई स्टार्टअप सुरु गरिसकेकाहरुसँग अन्तरकृया गर्ने र उनिहरुबाट सिक्ने अवसर प्रदान गरेको थियो ।

कार्यक्रममा विशेषज्ञहरूले डिजिटल मार्के्टिङ, क्लाउड कम्प्युटिङ, ग्रोथ ह्याकिङ जस्ता विभिन्न नयाँ नयाँ प्रविधी सम्बन्धी प्रस्तुति पनि दिएका थिए ।

मेलाका संयोजक तथा गुगल बिजनेस ग्रुप काठमाडौंका प्रबन्धक अमित अग्रवालले भने, “हामी नेपालमा यस कार्यक्रमको दोस्रो संस्करण आयोजना गर्न र देशभरका स्टार्टअपहरुलाई एकै स्थानमा ल्याउन पाउँदा अत्यन्तै उत्साहित छौँ । नेपालमा स्टार्टअप गर्ने ट्रेन्ड भर्खरै मात्र सुरु भएको छ । समाजमा विद्यमान विभिन्न चुनौतीमै अवसर देखेर तिनै समस्या समाधान गर्न स्थापना भएका स्टार्टअपहरु हामीले यत्रतत्र देख्न सक्छौँ । त्यसैले गुगल बिजनेस ग्रुपले नेपाली स्टार्टअपका यिनै समस्याहरुको मध्यनजर गरी सबैलाई एकै ठाउँमा ल्याउने, निःशुल्क प्रदर्शनी गर्ने र उनीहरुका संभावित ग्राहकसँग जोडिने अवसर प्रदान गर्ने हेतुले यो प्रदर्शनी आयोजना गरेको हो ।”

गुगल बिजनेस ग्रुपले नेपालमा यस प्रकारको कार्यक्रम वार्षिक रुपमा आयोजना गर्ने बताएको छ ।

easy care

प्रकाशित: १३ पुष २०७६, आईतवार