फेसबुकको फोटो तथा भिडियोहरु सिधै गूगल फोटोजमा ट्रान्सफर गर्न सकिने

Technology Khabar १७ मंसिर २०७६, मंगलवार

फेसबुकको फोटो तथा भिडियोहरु सिधै गूगल फोटोजमा ट्रान्सफर गर्न सकिने

काठमाडौं ।

काठमाडौं । फेसबुक इंकले सोसल मिडिया नेटवर्कबाट सिधै गूगल फोटोजमा फोटो तथा भिडियोहरु पठाउन सकिने सुविधा दिने भएको छ । कम्पनीले सोमबार यस्तो घोषणा गर्दै आगामी वर्ष यो सेवा ल्याउने बताएको छ ।

फेसबुकले पहिलो पटक आफ्नो प्लेटफर्मबाट अन्य सेवाहरुमा सिधै फोटोहरु तथा भिडियोहरु ट्रान्सफर गर्न सकिने अप्सन ल्याउन लागेको हो । यो टूलको शुरुवात गूगल फोटोजका साथमा गरेको छ ।

यो अप्सन शुरुवातमा आयरल्याण्डका बासिन्दाहरुलाई उपलब्ध हुनेछ भने सन् २०२० को पहिलो अर्ध वार्षिकमा नै विश्वभर उपलब्ध हुनेछ ।

यो अप्सनअन्तरगत सम्पूर्ण डाटा ट्रान्सफरलाई इन्क्रीप्सन गरिएको हुनेछ भने यूजर्सलाई ट्रान्सफर गर्नुभन्दा पहिले पासवर्ड राख्नुपर्ने व्यवस्था गरिएको छ । कम्पनीले यसलाई डाटा ट्रान्सफर प्रोजेक्टअन्तरगत ल्याएको हो ।

हाल फेसबुकले सो टूललाई परीक्षण गरिरहेको छ ।

यसअघि फेसबुकले सेप्टेम्बरमा नै डाटा पोर्टाबिलिटी सपोर्ट गर्ने र त्यसैको वरिपरिरहेर नयाँ टूल बनाउने बताएको थियो ।

easy care

प्रकाशित: १७ मंसिर २०७६, मंगलवार