अन्तर्राष्ट्रिय सञ्जाल होटल स्कुल एसोसियसनको अध्यक्षमा खेम लकाईँ चयन

Technology Khabar १२ मंसिर २०७६, बिहीबार

अन्तर्राष्ट्रिय सञ्जाल होटल स्कुल एसोसियसनको अध्यक्षमा खेम लकाईँ चयन

काठमाडौं ।

काठमाडौं । विश्वभरिका आतिथ्य व्यवस्थापन शिक्षासम्बन्ध शैक्षिक प्रतिष्ठानहरूको अन्तर्राष्ट्रिय सञ्जाल होटल स्कुल एसोसियसनको अध्यक्षमा नेपालको ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) का प्रमुख कार्यकारी अधिकृत खेम लकाईँलाई चयन भएका छन् । लकाईं सन् २०१७मा इयुहोफाका बोर्ड सदस्य थिए ।

इयूहोफाको सञ्जालमा युरोपदेखि अमेरिकी महादेश, एसिया, अफ्रिका र अस्ट्रेलियासम्मका विश्वभरिका आतिथ्य व्यवस्थापना अध्यापन हुने शैक्षिक प्रतिष्ठानहरू सदस्य छन् । सञ्जालमा नेपालबाट १४ वटा होटल व्यवस्थापन तथा पर्यटन शिक्षासम्बद्ध प्रतिष्ठानहरू सदस्य छन् ।

काठमाडौंमा जारी ५८ औं कंग्रेसमा दुई दर्जन मुलुकबाट करिब ७० पर्यटन तथा आतिथ्य सम्बन्धी विश्वविद्यालय एवं शैक्षिक संस्थाका प्रमुख र प्राध्यापकहरू, पर्यटन उद्योगका नेतृत्वकर्ता र यस क्षेत्रका विभिन्न विज्ञहरूको सहभागिता छ ।

नेपालले आयोजना गरेको यो अंन्तर्राष्ट्रिय सम्मेलनको आतिथ्यता एसियामा नै पहिलो पटक भएको हो ।

सम्मेलनको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालले पर्यटनलाई प्राथमिकता प्राप्त उद्योग र वैदेशिक मुद्रा आर्जन तथा रोजगारी सिर्जनाका लागि दिगो स्रोतका रूपमा मान्दै आएको हुनाले आतिथ्यताको क्षेत्र नेपालका लागि महत्वपूर्ण विषय भएको बताए।

सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउन लागिएको र वार्षिक कम्तिमा २० लाख पर्यटकहरू नेपाल भित्र्याउन लागिएको परिप्रेक्षमा आतिथ्यताको क्षेत्र नेपालका लागि महत्वपूर्ण भएको उनको भनाइ थियो ।

उनले पर्यटन उद्योगलाई नीतिगत सुधारहरूमार्फत बढावा दिइरहिएको भन्दै यसले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै पर्यटनले हाम्रा प्राकृतिक र सांस्कृतिक उत्पादनहरूलाई समृद्ध तुल्याउने धारणा राखे। सोही कारणले सन् २०२० को नेपाल भ्रमण वर्षलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन लागिएको उनको भनाइ थियो ।

यो कंग्रेसले नेपाल भ्रमण वर्ष २०२० को प्रबद्र्धन गर्न सहयोग पु¥याउने पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले विश्वास व्यक्त गरे।

इयूहोफाका नवनिर्वाचित अध्यक्ष खेम लकाईंले नेपालमा अतिथिलाई भगवानका रूपमा हेर्ने मुलुक भएको बताउँदै यहाँको आतिथ्य सत्कार क्षेत्रलाई विश्वभरि नै उदाहरणीय मानिएको बताए।

यस संगठनको सञ्जालमा युरोपदेखि अमेरिकी महादेश, एसिया, अफ्रिका र अस्ट्रेलियासम्मका त्यस्ता निकै पुराना प्रतिष्ठित शैक्षिक संस्थाहरू छन् ।

easy care

प्रकाशित: १२ मंसिर २०७६, बिहीबार