चितुवा जस्तै कुद्न सक्ने रोबोट बनाए विद्यार्थीहरुले, प्रति सेकेण्ड ३० वटा निर्णय लिने क्षमता

Technology Khabar २५ कार्तिक २०७६, सोमबार

चितुवा जस्तै कुद्न सक्ने रोबोट बनाए विद्यार्थीहरुले, प्रति सेकेण्ड ३० वटा निर्णय लिने क्षमता

काठमाडौं ।

काठमाडौं । म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी)ले चार खुट्टा भएको रोबोट सिर्जना गरेको छ जसले एक सेकेन्डमा ३० वटा निर्णय लिन सक्छ। साथै यो १४ किमी प्रति घण्टाको अधिकतम गतिमा कुद्न सक्छ। यसलाई मिनी चीता नाम दिइएको छ।

यो रोबोटको विशेषता भनेको यो कुनै पनि अवस्थामा सीधा हुन सक्दछ। सन्तुलन गुमाउँदा, यो अगाडि र पछाडि उल्टेर फेरी दौड्ने स्थितिमा फिर्ता हुन्छ। यसमा चितुवाका जस्ता खुट्टाहरूसहित हिंड्ने क्षमता छ।

भर्खरै यो रोबोटले फुटबल खेलिरहेको भिडियो आएको छ। जसमा एउटा मात्र रोबोट नभई १० रोबोटको झुण्ड छ ।

म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रोफेसर सेन्ग्बी किमले भने, ‘मलाई यूट्यूबमा अफ्रिकी चितुवा हेर्न निकै मन पर्थ्यो। त्यसको आकर्षकताले गर्दा मेरा दुई स्नातक विद्यार्थी बेन कुटेज र जारेड डि कार्लोलाई चितुवा जस्तो रोबोट बनाउने चुनौती दिएको थिए। तर रोबोट चीता र वास्तविक चितुवाको गतिमा १० गुणा फरक हुन्छ। अफ्रिकी चितुवा अधिकतम गति प्रतिघण्टा १२० किलोमिटर प्रतिघण्टामा दौडन सक्छ, जबकि मिनी रोबोटको अधिकतम गति प्रतिघण्टा १४ किलोमिटर मात्र छ।

एमआइटी बायोमेट्रिक रोबोटिक्स ल्याब्रोटरीले बनाएको यो रोबोट चीतामा १२ वटा मोटर जडान गरिएको छ । विद्यार्थीहरुको टिमले १० वर्षपछि मिनी चीताका साथै तीनवटा संस्करणमा ठूला चीता रोबोट पनि बनाएका थिए ।

रोबोट अवतरण चुनौती

प्रोफेसर किमका अनुसार रोबोटलाई पल्टाउनु अत्यन्तै चुनौतीपूर्ण रहेको छ। हावामा रोबोटलाई ३६० डिग्रीमा घुमाउन अझ गाह्रो छ, जबकि यसलाई उल्टो र सीधा गर्न सजिलो छ। यसमा पनि, रोबोटको सुरक्षित अवतरण निकै चुनौती थियो, किनकि यदि अवतरण ठीक भएन भने त्यसले फेरि जम्प गर्न सक्दैन्।

तर यी रोबोटहरुमा भएको प्रति सेकेण्ड ३० वटा निर्णय लिन सक्ने क्षमताका कारण यी लडेभने पनि पुन उठ्न सक्छन् ।

रोबोटिक समूहले यी मिनी चीतालाई नयाँ सिप दिन निरन्तर नयाँ अल्गोरिदम सिर्जना गरिरहेका छन् । यसबाहेक उनीहरुले यी रोबोटमा क्यामराहरु जोड्ने योजना लिएका छन जसले गर्दा बिना कुनै अपरेसन टिम स्वतन्त्ररुपमा काम गरुन् ।

easy care

प्रकाशित: २५ कार्तिक २०७६, सोमबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार