ट्विटरले विश्वभर सम्पूर्ण राजनीतिक विज्ञापनहरुमा रोक लगाउने

Technology Khabar १४ कार्तिक २०७६, बिहीबार

ट्विटरले विश्वभर सम्पूर्ण राजनीतिक विज्ञापनहरुमा रोक लगाउने

काठमाडौं ।

काठमाडौं । सोशल नेटवर्किङ्ग साइट ट्विटरले राजनीतिक विज्ञापनको स्रोत नहुने उल्लेख गरेको छ । ट्विटरले सबै राजनीतिक विज्ञापनहरू रोक्ने बताएको छ ।

माइक्रो ब्लगिङ् साइट ट्विटरका सीईओ ज्याक डोर्सीले ट्विट गर्दै राजनीतिक विज्ञापन विश्वभर रोक्ने निर्णय गरेको घोषणा गरेका हुन् ।

‘इन्टरनेटमा विज्ञापन धेरै शक्तिशाली र प्रभावकारी हुन्छ विज्ञापन विज्ञापनसँगै राम्रो हुन्छ तर यो शक्तिले पनि राजनीतिमा ठूलो जोखिम ल्याउँछ,’ उनले भनेका छन् ।

यसको विपरित फेसबुकले भने राजनीतिक विज्ञापन नरोक्ने बताउँदै आएको छ । तर फेसबुकमा पनि राजनीतिक विज्ञापन रोक्न चर्को दबाब रहेको छ ।

अमेरिकी राजनीतिक गुटहरू ट्विटरमा राजनीतिक विज्ञापनमा प्रतिबन्ध लगाएको विषयमा विभाजित भएका छन्।

राष्ट्रपति ट्रम्पको चुनाव अभियानका प्रबन्धक ब्रैड पास्कलले यसलाई ट्रम्प र कन्जर्वेटिभहरूलाई चुप गराउने प्रयासको रूपमा वर्णन गरे।

उता राष्ट्रपति ट्रम्पका प्रतिद्धन्दी जो बाइडनका प्रवक्ता बिल रुसोले यसलाई लोकतन्त्रको जीत हुने भनेर ब्याख्या गरेका छन् ।

ट्विटरमा राजनीतिक विज्ञापन रोक्ने कार्य आगामी नोभेम्बर २२ तारिखदेखि लागू हुनेछ भने थप जानकारी १५ नोभेम्बरमा ट्विटरले दिनेछ ।

ट्विटरका सिईओ डोर्सीले भने, ‘हामी विश्वास गर्दछौं कि राजनीतिक संदेश हासिल गर्ने हो खरिद गर्ने होईन् ।’

विश्लेषकहरुले भने यस्तो प्रतिबन्धको अनुमान गरेका थिएनन्, जसले ट्विटरको व्यवसायमा नै असर पर्नेछ ।

फेसबुकले भने राजनीतिकर्मीहरुद्धारा राखिने फ्याक्ट चेक विज्ञापनहरु भने नदिने निर्णय गरेको छ । एजेन्सी

 

easy care

प्रकाशित: १४ कार्तिक २०७६, बिहीबार