एप्पलले नयाँ एयरपोड्स प्रो ल्याउँदै, नयाँ आकार र प्रिमियम सेगेमन्टमा आउने

Technology Khabar ३ कार्तिक २०७६, आईतवार

एप्पलले नयाँ एयरपोड्स प्रो ल्याउँदै, नयाँ आकार र प्रिमियम सेगेमन्टमा आउने

काठमाडौं ।

काठमाडौं । एप्पलको नयाँ एयरपोड्स प्रो ईयरबड्स छिटै बजारमा आउने भएको छ । कम्पनीले नयाँ एयरपोड्सका साथै रेगुलर एयरपोड्स पनि ल्याउने छ ।

एप्पलले पहिलो पटक एयरपोड्सको प्रो भेरिएन्ट ल्याउन लागेको हो जसलाई प्रिमियम क्याटगोरीमा राखिनेछ ।

यो नयाँ एयरपोड्स पूर्णरुपमा वायरलेस ईयरफोनको रुपमा यहि बिदाको अवसर पारेर आउनेछ भने यसको मूल्य करिब २५० डलर हुनसक्नेछ ।

नयाँ एयरपोड्स नयाँ आकारमा छ भने यसमा केहि परिवर्तनहरु गरिएका छन् । यसको चार्जर केस पनि पुरानो एयरपोड्स भन्दा केहि फराकिलो आकारमा हुनेछ ।

easy care

प्रकाशित: ३ कार्तिक २०७६, आईतवार