युनाइटेड फाइनान्सले एस्.वी. सोलुसन्सको सहकार्यमा कर्जा प्रक्रियालाई अटोमेसन गर्दै

Technology Khabar १ कार्तिक २०७६, शुक्रबार

युनाइटेड फाइनान्सले एस्.वी. सोलुसन्सको सहकार्यमा कर्जा प्रक्रियालाई अटोमेसन गर्दै

काठमाडौं ।

काठमाडौं । युनाइटेड फाइनान्स लि. र एस् वी. सोलुसन्स् प्रा. लि. बीच आन्तरिक कर्जा प्रक्रियालाई डकुमेन्ट मेनेजमेन्ट सिस्टमद्वारा अटोमेसन र डिजिटाजेसन गर्ने लगायत ग्राहकलाई अनलाइल लोन इलिजीबिलिटी सेवासमेत प्रदान गर्ने बारे सम्झौता सम्पन्न भएको छ ।

युनाइटेड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र र एस् वी. सोलुसन्सका अध्यक्ष विपुल ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार डकुमेन्ट मेनेजमेन्ट सिस्टममा उल्लेख भएबमोजिम अब बैंकले आन्तरिक कर्जा र स्वीकृति प्रक्रियालाई अटोमेट र डिजिटाइज्ड गर्न सक्नेछ । युनाइटेड फाइनान्सले प्रदान गरेको अनलाइन पोर्टलबाट अनलाइल लोन इलिजीबिलिटी सेवा उपयोग गरि ग्राहकले जुनसुकै लोन प्रोडक्टका लागि अनलाइल मार्फत लोन इलिजीबिलिटी चेक गर्न सक्ने र सोको लागि निवेदन समेत गर्न सक्ने कम्पनीले जनाएको छ।

easy care

प्रकाशित: १ कार्तिक २०७६, शुक्रबार