सामसङ ग्यालेक्सी एम ३०एस नेपाली बजारमा, ६००० एमएएच व्याट्री र ४८ मेगापिक्सेल क्यामरा

Technology Khabar १५ आश्विन २०७६, बुधबार

सामसङ ग्यालेक्सी एम ३०एस नेपाली बजारमा, ६००० एमएएच व्याट्री र ४८ मेगापिक्सेल क्यामरा

काठमाडौं ।

काठमाडौं । सामसङले हालै टेकप्रेमी युवाहरुका लागि नेपाली बजारमा नयाँ ग्यालेक्सी एम स्मार्टफोन प्रस्तुत गरेको छ । आफ्नो विद्यमान ग्यालेक्सी एम स्मार्टफोनहरुको लाइनमा अब एम ३०एस पनि समावेश भएको छ ।

ग्यालेक्सीका एम लाइनमा – एम १०, एम २० तथा एम ४० समावेश छन् । यस फेस्टिभ सीजनमा उपभोक्ताहरूको लागि अब सामसङको शक्तिशाली विकल्प रहेको छ ।

ग्यालेक्सी एम ३०एस मा शक्तिशाली ६००० एमएएच व्याट्री रहेको छ । जुन व्याट्री पूरै एक दिन भन्दा धेरै टिक्दछ । यसलाई एक पटक चार्ज गरेपछि २९ घण्टाको भिडियो प्लेब्याक, ४९ घन्टाको भ्वाइस कल, १३१ घन्टा भन्दा बढी म्यूजीक प्लेब्याकको सुविधा प्राप्त गर्न सकिन्छ । यसमा टाईप सी १५ वाट फास्ट चार्जर रहेको छ । ६००० एमएएचको शक्तिशाली ब्याट्री लाग्ने बाजबुत, ग्यालेक्सी एम ३० एस केवल ८.९ मि.मी. पतलो रहेको छ भने यसको वजन १८८ ग्राम मात्र रहको छ ।

‘‘ग्यालेक्सी एममा यस अघि प्रयोग नभएको प्रविधिलाई उपयोग गरिएको छ । यसमा भएको सुपर एमोलेड डिस्प्ले, ४८ मेगापिक्सेल क्यामरा, जस्ता सुविधाहरुले आजका युवापुस्ताले सहजै मनपराउने छन्” सामसङ मोबाइल विजिनेस हेड प्रणय रत्न स्थापितले भने ।

ग्यालेक्सी एम ३० एस मा ६.४ इन्च एफएचडी प्लस सुपर एमोलेड इन्फिनिटी यू डिस्प्ले रहेको छ । यसमा Widevine L1 को सर्टिफिकेसन छ, जसले उपभोक्ताहरूलाई विभिन्न स्ट्रीमिंग प्लेटफर्महरुमा हाईडेफिनिशिन कन्टेन्ट हेर्न सक्ने सुविधा प्रदान गर्दछ ।

ग्यालेक्सी एम ३० एसमा ट्रिपल रियल क्यामेरा रहेको छ जसको मुख्य क्यामेरामा ४८ मेगापिक्सलको रहेको छ जसले उपभोक्ताहरुलाई आकर्षक फोटो लिन मद्दत गर्दछ । ग्यालेक्सी एम ३० एस मा ८ मेगापिक्सेलको अल्ट्रा वाइड लेंस रहेको छ, जुन १२३ डिग्री फिल्ड अफ व्यू को साथ उपलब्ध छ, यसले मानव आँखाले जस्तो देख्दछ त्यस्तै फोटो कैद गर्न सक्षम हुन्छ ।

ग्यालेक्सी एम ३० एसमा ५ मेगापिक्सेलको क्यामरा लाइभ फोकस फिचरको साथ उपलब्ध छ । यसमा १६ मेगापिक्सेल फ्रन्ट क्यामेरा सेल्फी फोकस र इन–डिस्प्ले फ्ल्यास रहेको छ । ग्यालेक्सी एम ३० एस क्यामरामा AI-backed Scene Optimizer तथा Intelligent Flaw Detector फीचर उपलब्ध रहेको छ ।

ग्यालेक्सी एम ३० एस ले २० प्रकारका सिनहरु जस्तै फुड, सिनरी आदि लाई सहजै पहिचान गर्न सक्दछ । कम उज्यालोमा फोटो खिच्नको लागि नाइट मोड पनि रहेको छ । ग्यालेक्सी एम ३० एसमा उत्कृष्ट भिडियो खिच्न सक्ने क्षमता छ । ग्यालेक्सी एम ३० एस मा भिडियो, सुपर स्लो मो, सुपर स्टेडी र हाइपरल्याप्सको रेकर्ड गर्न पनि सकिन्छ ।

ग्यालेक्सी एम ३० एस मा नयाँ एक्सनोज ९६११ अक्टा कोर प्रोसेसर रहेको छ । यसले २.३ गीगाहर्जको गति प्रदान गर्दछ । गेम खेल्दा होस् या अन्य ग्राफिक्स सम्बन्धी कार्य गर्दा उत्कृष्ट कार्य क्षमता प्रदान गर्दछ । यसमा माली जी७२ एमपीथ्री ग्राफिक्स प्रोसेसिङ्ग युनिट प्रयोग गरिएको छ ।

ग्यालेक्सी एम ३० एस ४ जीबी र्याम र ६४ जीबी स्टोरेज तथा ६ जीबी र्याम र १२८ जीबी स्टोरेज अप्सनमा उपलब्ध रहेको छ । यसको खरिद मूल्य क्रमशः रु. २७,९९० ९४ र रु. ३३,५९० तोकिएको छ । यो फोन विभिन्न तीन आकर्षक रंगहरु नीलो, सेतो तथा कालोमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १५ आश्विन २०७६, बुधबार