वाईफाई ६ आधिकारीकरुपमा उपलब्ध भयो, पुरानो वाईफाई भन्दा ४० प्रतिशत तिब्र गतिको हुने

Technology Khabar १ आश्विन २०७६, बुधबार

वाईफाई ६ आधिकारीकरुपमा उपलब्ध भयो, पुरानो वाईफाई भन्दा ४० प्रतिशत तिब्र गतिको हुने

काठमाडौं ।

काठमाडौं । वाईफाई ६ आधिकारीकरुपमा लन्च भएको छ । नयाँ वाईफाईले अझ तिब्र गतिको स्ट्याण्डर्डलाई सपोर्ट गर्दछ ।

यसअघि ग्राहकहरुले वाईफाई ४ र वाईफाई ५ प्रविधि प्रयोग गर्दै आएका थिए । यसअघिको वाईफाई जेनेरेशन जसलाई वाईफाई ५ भनेर चिनिन्छ, त्यसले ती डिभाइसहरु मात्र पहिचान गर्दथयो जसलाई ८०२.११एसी भनेर बुझिन्थ्यो । तर अहिलेको नयाँ भर्सन वाईफाई ६ (Wi-Fi 6) मा भने आधिकारीकरुपमा ८०२.११एएक्स (802.11ax) रहेको छ ।

वाईफाई एलाइन्सले गत वर्ष यो निकै नबुझिने भएको भन्दै उपभोक्ताहरुका लागि भने वाईफाई सिक्स नामाकरण गरेको थियो । वाईफाई ६ को घोषणा पछि उत्पादक कम्पनीहरुले आफ्ना वाईफाई ६ सर्टिफाई भएका डिभाइसहरुमा वाईफाई सर्टिफाईड ६ (Wi-Fi CERTIFIED 6™) भनेर लेबल राख्न सक्नेछ ।

वाईफाई ६ ले लामो रेन्जमा पनि तिब्र गतिमा डाटा ट्रान्सफर गर्न सक्दछ । त्यसैगरि ब्याट्रीको उपभोगलाई घटाएको छ भने सेक्यूरिटीलाई पनि थप सुदृढ बनाएको छ ।

यसले सिंगल वाईफाई राउटर वा हटस्पटमा एकैपटक धेरै डिभाइसहरु जोडिँदा पनि उत्कृष्ट व्यवस्थापन गर्न सक्ने बताईएको छ । जसले गर्दा इन्टरप्राइज नेटवर्कहरुका लागि यो निकै महत्वपूर्ण हुनेछ ।

वाईफाई ६ मा हाई ब्याण्ड र न्यून लेटेन्सी हुनेछ भने यसले यूजर्सलाई एकै पटक हजारौं डिभाइसहरु एकै पटक कनेक्ट गर्नसक्ने सुविधा दिन्छ । वाईफाई सिक्स सर्टिफाईड भएका नेटवर्कहरुले प्रत्येक जोडिएका डिभाइसहरुको कार्य क्षमतालाई समानरुपमा उच्चतम लेभलमा सुनिश्चित गर्दछ ।

वाईफाई अलाएन्सकाअनुसार सामसंग ग्यालेक्सी नोट १० पहिलो वाईफाई सर्टिफाईड ६ स्मार्टफोन हो भने आगामी दिनमा थप स्मार्टफोनहरु सर्टिफाईड हुने बताईएको छ ।

वाईफाई ६ डिभाइसहरु यसअघिको वाईफाई ५ भन्दा ४० प्रतिशत तिब्रगतिको हुने बताईएको छ ।

easy care

प्रकाशित: १ आश्विन २०७६, बुधबार