स्मार्टफोन ब्राण्ड रियलमीले आफ्नै अपरेटिंग सिस्टम बनाउँदै, सन् २०१९ को अन्त्यसम्ममा आउने

Technology Khabar २९ श्रावण २०७६, बुधबार

स्मार्टफोन ब्राण्ड रियलमीले आफ्नै अपरेटिंग सिस्टम बनाउँदै, सन् २०१९ को अन्त्यसम्ममा आउने
सांकेतिक

काठमाडौं ।

काठमाडौं । रियलमीले आफ्नै अपरेटिंग सिस्टममा काम गरिरहेको छ । कम्पनीका इण्डिया सिईओ माधव शेठले रियलमीले ओएसमा काम गरिरहेको जानकारी दिएका छन् ।

कम्पनीले हाल ओपोको कलर ओएस आफ्ना स्मार्टफोनहरुमा प्रयोग गरिरहेको छ तर रियलमीका फ्यानहरुले भने खोजेका फीचरहरु सो ओएसमा उपलब्ध छैन् ।

रियलमीले ल्याउन लागेको ओएसको बारेमा धेरै जानकारी छैन तर सो ओएस प्लेटफर्म यो वर्षको अन्त्यमा वा आगामी वर्षको शुरुवातमा आउने बताईएको छ । सो आउन लागेको ओएस संभवत एन्ड्रोयड क्यूमा आधारित हुनसक्ने विश्वास गरिएको छ ।

रियलमीले ल्याउने ओएस स्कट ओएस हो वा स्कीन्ड ओएस हो भन्ने अझै स्पष्ट भएको छ तर यसअघि शेठले भनेको धारणाअनुसार सो स्टक एन्ड्रोयड भने नहुने अनुमान गरिएको छ ।

इण्डियाका सिईओ शेठले नयाँ ओएसको बारेमा धेरै जानकारी नदिएपनि उनले ग्राहकहरुले माग गरेअनुसारको फीचरहरु सफ्टवेयरमा ल्याउनका लागि अनुसन्धान तथा विकास गर्ने टिमले काम गरिरहेको जानकारी दिएका छन् ।

रियलमीले बेलायतमा यो वर्षको शुरुवातमा रियलमीओएसको लागि ट्रेडमार्कका लागि आवेदन दिएको छ । जसले कलरओएसको विकल्पको बारेमा थप चर्चा गर्ने अवसर दिएको थियो ।

रियलमीओएस ल्याउनुको अर्थ कम्पनीले बिस्तारै ओपोको छाँयाबाट बाहिर जान खोजेको अनुभव भएको छ । रियलमी ओपोको सब ब्राण्डको रुपमा लन्च भएको थियो भने पछि छुट्टै ब्राण्डको रुपमा आएको थियो ।

यसबाहेक रियलमीले आफ्नो ६४ मेगापिक्सेलको क्वाड क्यामरा स्मार्टफोन लन्च गर्ने तयारी गरिरहेकोछ । सो स्मार्टफोन संभवत अक्टोबर २७ भन्दा अगाडि आउनेछ तर रियलमी ५ स्मार्टफोन भने अगस्ट २० मा लन्च हुनेछ । एजेन्सी

easy care

प्रकाशित: २९ श्रावण २०७६, बुधबार