तपाईँको ईमेलमा आउने यी विषयका ईमेलहरु नखोल्नुस्, थाहा नै नपाई ह्याकरले ह्याक गर्लान

Technology Khabar २५ श्रावण २०७६, शनिबार

तपाईँको ईमेलमा आउने यी विषयका ईमेलहरु नखोल्नुस्, थाहा नै नपाई ह्याकरले ह्याक गर्लान

काठमाडौं ।

काठमाडौं । आजभोली हरेक मानिस इन्टरनेटमा जोडिएका हुन्छन् । जति धेरै इन्टरनेटको प्रयोग बढछ त्यति नै साइबर अपराधको प्रभावमा आउने संभावना बढिरहन्छ । केहि समय पहिले साइबर सेक्यूरिटी फर्म बराक्यूडा नेटवक्र्सले ३.६ लाख ईमेलहरुमा अध्ययन गर्दा विभिन्न १२ यस्ता फेक ईमेल विषयहरु भेटिए जसबाट अधिकांश ईमेल यूजर्सलाई ईमेल आईरहन्छ ।

ईमेल सबैभन्दा कमजोर माध्यममध्ये एक हो जसमार्फत मानिसहरु अक्सर खतरनाक लिंक वा मालवेयरको शिकार हुन्छन् ।

अधिकांश समय यस्तो हुन्छ की जतिबेला हामी कुनै ईमेल आउँदा त्यसको सब्जेक्ट नै नहेरी सिधै खोल्ने गर्दछौं । तर त्यो ईमेलको बारेमा थाहा नै नपाई हामीले सो ईमेल खोल्दा ह्याकरहरुले हाम्रो ईमेलमा आक्रमण गर्न सजिलो हुन्छ ।

त्यसैले यहाँ हामी अध्ययनबाट पत्ता लागेका ती १२ किसिमका सब्जेक्ट लाइनहरुको बारेमा जानकारी दिनेछौं ।

१ रिक्वेस्ट
२ फलोअप
३ अर्जेन्ट/इम्पोर्टेन्ट
४ आर यू अभालेबल ? आर यू एट योर डेस्क
५ पेमेन्ट स्ट्याटस
६ हेलो
७ पर्चेज
८ इन्भ्वाईस ड्यू
९ री
१० डाईरेक्ट डिपोजिट
११ एक्सपेन्सेज
१२ पेरोल

हाम्रा ईमेलमा व्यक्तिगत जानकारीहरु अधिकांश हुने गर्दछ । जसमा बैंक एकाउन्टदेखि निजी र गोप्य जानकारी पनि हुने गर्दछ । त्यसैले यदि कसैले तपाईँलाई कसैले माथि उल्लेखित भएकासहित १२ सब्जेक्टसहितका ईमेल पठाएमा साबधान हुनुहोस् । किनकी ह्याकरले तपाईँको ईमेलबाट डाटा ह्याक गर्न सक्छ ।

easy care

प्रकाशित: २५ श्रावण २०७६, शनिबार