एप्पलले आफ्ना ग्राहकहरुका लागि शुरु गर्यो एप्पल कार्ड, २ प्रतिशत क्यासब्याक पनि दिने

Technology Khabar २२ श्रावण २०७६, बुधबार

एप्पलले आफ्ना ग्राहकहरुका लागि शुरु गर्यो एप्पल कार्ड, २ प्रतिशत क्यासब्याक पनि दिने

काठमाडौं ।

काठमाडौं । एप्पलले गोल्डमान साक्स ग्रुप ईंकसँग मिलेर आफ्नो एप्पल कार्ड सिमित ग्राहकहरुका लागि रोलआउट गर्न शुरु गरेको छ ।
गत मार्चमा सो सेवा लिनका लागि साइन्ड अप गरेका ग्राहकहरुलाई पहिलो चरणमा एप्पल कार्ड उपलब्ध गराएको हो ।

यसबाहेक केहि सिमित ग्राहकहरुलाई पनि सो सेवा उपलब्ध गराइृएको छ भने बाँकी ग्राहकहरुलाई यो महिनाको अन्त्यमा उपलब्ध गराईने भएको छ ।

कार्डका साथमा एप्पलले आइफोनधनीहरुलाई भने एप्पल पे सर्भिसका साथमा २ प्रतिशत क्यासब्याक दिने लक्ष्य राखेको छ । यसमा कुनै अतिरिक्त शुल्क भने लाग्ने छैन् ।

एप्पलले फिजिकल कार्ड जुन टाइनानियमबाट बनाएको छ, अप्सनमा उपलब्ध गराउने छ जसमा कुनै देखिने नम्बर भने छैन् । यसको साटो कार्डको नम्बर आइफोन भित्र सेक्योर चीपका रुपमा स्टोर गरिएको छ जून अनलाइन अथवा ओभर दि फोन पर्चेजमा आवश्यक पर्दा सो भच्र्यूअल नम्बरहरु सिर्जना गर्नेछ ।

एप्पलले खरिद जानकारीहरु यूजर्सको आईफोनमा स्टोर गरिने र कुनै डाटा हेर्न नसकिने उल्लेख गरेको छ । त्यस्तै गोल्डमानले पनि मार्केटिंग उद्धेश्यहरु वा अन्य उत्पादनहरु बिक्रीका लागि पनि सो डाटा प्रयोग गर्न पाउने छैन् ।

एप्पलले आफ्नो नयाँ कार्ड कसरी प्रयोग गर्ने भन्ने बारेमा विभिन्न भिडियोहरु पनि सार्वजनिक गरेको छ जसमा कार्डका बेसिक फीचरहरुको बारेमा जानकारी दिईएको छ ।

यो कार्डको सेटअप गर्नका लागि आइफोनमा आईओएस १२.४ अपरेटिंग सिस्टम वा त्यो भन्दा माथिका अपरेटिंग सिस्टम भएका डिभाइस आवश्यक पर्नेछ । यो एप्पल कार्ड आइफोनबाट प्रयोग गर्ने भए तत्काल गर्न सकिनेछ भने फिजिकल कार्डको लागि भने अनुरोध गरेपछि मात्र एप्पलले तपाईँलाई मेलबाट उपलब्ध गराउने छ । एजेन्सी

easy care

प्रकाशित: २२ श्रावण २०७६, बुधबार

ताजा समाचार