नोकियाले पप-अप सेल्फी क्यामरा डिजाइनको स्मार्टफोन ल्याउँदै, ३२ मेगापिक्सेलको सेन्सर हुने

Technology Khabar १० श्रावण २०७६, शुक्रबार

नोकियाले पप-अप सेल्फी क्यामरा डिजाइनको स्मार्टफोन ल्याउँदै, ३२ मेगापिक्सेलको सेन्सर हुने

काठमाडौं ।

काठमाडौं । पछिल्ला दिनहरुमा पप-अप सेल्फी क्यामरा नभएको स्मार्टफोन नै नआउलान भन्ने अनुमान लगाउन थालिएको छ । पप-अप सेल्फी क्यामराको ट्रेण्ड बढ्दो क्रममा छ । यहि क्रमलाई पछ्याउँदै नोकियाले पनि आफ्नो पहिलो पप-अप सेल्फी क्यामरा भएको स्मार्टफोन ल्याउने तयारी गरेको छ।

हालै आएको एक रिपोर्टअनुसार नोकियाले आफ्नो नयाँ फोन ८.२ मा पप-अप क्यामरा डिजाइन राख्ने भएको छ ।

एचएमडी ग्लोबलले बनाउने नोकिया ८.२ गत वर्ष लन्च भएको नोकिया ८.१ को अपडेटेड भर्सनको रुपमा आउने छ । यसमा पहिलो पटक पप अप क्यामरा राखिने बताईएको छ । यो फोनमा ३२ मेगापिक्सेलको पप अप सेल्फी क्यामरा हुनेछ भने एन्ड्रोयड ओएस क्यू १०.० भर्सन हुने बताईएको छ ।

नोकियाको फ्ल्यागशिप डिभाइसको रुपमा आउने यो स्मार्टफोनमा ८ जीबी र्याम तथा २५६ जीबी आन्तरिक स्टोरेज हुनसक्ने रिपोर्टमा उल्लेख छ ।

फोनमा क्वालकमको स्न्यापड्रागन ७३५ चीपसेट हुनसक्ने अनुमान छ ।

हालै नोकियाले आफ्नो दुईवटा नयाँ फीचर फोनहरु नोकिया २२० फोरजी र नोकिया १०५ २०१९ लन्च गरेको थियो । यसबाहेक पनि नोकिया ६.२ वा नोकिया ७.२ आउन सक्ने बताईएको छ । एजेन्सी

easy care

प्रकाशित: १० श्रावण २०७६, शुक्रबार