नेपाल टेलिकमले इन्टरनेट सेवाको शुल्क नबढाउने, समर अफरका सहुलियत पनि यथावत रहने

Technology Khabar ३१ असार २०७६, मंगलवार

नेपाल टेलिकमले इन्टरनेट सेवाको शुल्क नबढाउने, समर अफरका सहुलियत पनि यथावत रहने
फाइल

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकमले दूरसञ्चार सेवा शुल्क वृद्धिको नाममा कुनैपनि महशुल रकम वृद्धि नगर्ने बताएको छ ।

नेपाल सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरिसकेको अवस्थामा पनि टेलिकमले ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखी कम्पनीद्वारा प्रदत्त इन्टरनेट सेवाको महशुल दरमा कुनै वृद्धि नगरेको स्पष्ट पारेको छ ।

सेवाग्राहीलाई अझ बढी सहुलियत दरमा सेवा उपलब्ध गराउन हालै कार्यान्वयनमा ल्याइएको समर अफरमा इन्टरनेटलगायतका सेवाहरुमा थप सहुलियत सहितका प्याकेजहरु प्रस्तुत गरी सेवालाई अझ कम खर्चिलो बनाइएको छ ।

नेपाल टेलिकमले देशका सुगमदेखि दुर्गम हरेक स्थानमा सहुलियत दरमा गुणस्तरीय दूरसञ्चार सेवाहरु प्रदान गर्ने आफ्नो नीतिलाई निरन्तरता दिइरहेको छ । नेपाल टेलिकमले आम उपभोक्तालाई सहुलियत दरमा ताररहित र तारसहित टेलिफोन सेवा तथा इन्टरनेट सेवाहरु प्रदान गरिरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: ३१ असार २०७६, मंगलवार