प्रयोगकर्ताको गोपनीयता भंग गरेकोमा फेसबुकलाई ५ बिलियन अमेरिकी डलर जरिवाना

Technology Khabar २९ असार २०७६, आईतवार

प्रयोगकर्ताको गोपनीयता भंग गरेकोमा फेसबुकलाई ५ बिलियन अमेरिकी डलर जरिवाना

काठमाडौं ।

काठमाडौं । अमेरिकी फेडरल ट्रेड कमिसनले फेसबुकलाई ५ बिलियन अमेरिकी डलर जरिवाना गर्ने भएकोछ ।

फेसबुकलाई यूजरको प्राइभेसी भंग गरेको आरोपमा एफटिसीले सो जरिवाना गर्न स्वीकृत गरेको हो । यो जरिवाना रकम एफटिसीले गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो रकमको भएको बताईएको छ, यसअघि सन् २०१२ मा गूगललाई २२.५ मिलियन डलर जरिवाना गरेको थियो ।

यो जरिवानाको लागि कमिसनको बोर्डले भोटमार्फत निर्धाराण गरेको थियो । कम्पनीसँगको सो जरिवाना गर्ने निर्णयसँगै सरकारले

फेसबुकको यूजर प्राइभेसी पोलिसीहरुमा नयाँ प्रतिबन्धहरु समावेश गर्ने अपेक्षा समेत गरिएको छ । यो सेटलमेन्ट भन्दा अगाडि जस्टिस डिपार्टमेन्टको सिभिल डिभिजनले समिक्षा गर्नुपर्ने हुन्छ ।

गत वर्ष भएको क्याम्ब्रिज एनालाइटिका स्क्याण्डलको निरन्तरतासँगै एफटिसीले २०११ को प्राइभेसी नियमको उलंघन गरे नगरेको बारेमा हेरिरहेको थियो ।

गएको अप्रिलमा फेसबुकले पहिलो चौमासिकका लागि एफटिसीको जरिवानाका लागि ३ बिलियन डलर खर्च छुट्याएको थियो । त्यसबेला अनुसन्धान गर्न करिब ३ देखि ५ बिलियन डलर लाग्ने अनुमान गरिएको थियो ।

सो जरिवाना लगाउने विषयमा अमेरिकाका रिपब्लिकन र डेमोक्र्याट सांसदहरुबिच मतभेद भएको रिपोर्टमा उल्लेखछ ।

easy care

प्रकाशित: २९ असार २०७६, आईतवार